२४ बुद्धे माग पत्र, २४ घण्टे अल्टिमटेम

२४ घण्टा भित्र माग पूरा नभए कडा अान्दाेलनमा उत्रने चेतावनी

  सरलपाटी संवाददाता

 1109 पटक हेरिएको

इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पठनपाठन भइरहेको विभिन्न विषयलाई लिएर दुई संगठनले माग पत्र बुझाएका छन् । अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र अखिल क्रान्तिकारीले २४ बुदे मागपत्र र २४ घण्टे अल्टिमेटम राख्दै क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंलाई माग पत्र बुझाएका हुन् । माग पत्रमा क्याम्पसको स्नातकोत्तर तहको फि चर्को भएको भन्दै समायोजन गर्न माग गरेको छ भने बागबानी संकायमा कोटा किटान गरिनु पर्ने, हरित गृह निर्माण गरिनु पर्ने, निजी र निजी स्रोतबाट चलेका क्याम्पसमा दिइनु पर्ने १० प्रतिशत पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिनु पर्ने रहेका छन् । यस्ता माग पत्रमा शिक्षा, व्यवस्थापन, मानविकिमा अतिरित्त कक्षा सञ्चालन गरिनु पर्ने,काजमा गएका शिक्षकको बैकल्पिक व्यवस्थापन गर्दै नियमित अध्ययनको व्यवस्थापन गरिनु पर्ने, क्याम्पसको विद्यार्थी कल्याण कोषबाट तीनै तहका विद्यार्थीको अन्तिम बर्ष शैक्षिक अवलोकन भ्रमणको व्यवस्थापन गरिनु पर्ने रहेका छन् ।क्याम्पस कमिटीका अनेरास्ववियु अध्यक्ष दर्शन राई र अखिल क्रान्तिकारी कमिटीका अध्यक्ष कुमार भट्टराईको हस्ताक्षरीत माग पत्रमा वर्षको सुरुमै शैक्षिक क्यालेण्डर प्रकाशन गरिनु पर्ने, क्याम्पसमा पठनपाठन भइरहेका नयाँ विषयको सिलेबस दिनु पर्ने, क्याम्पसका भौतिक संरचनालाई पहँुच मैत्री(अपांग) मैत्री बनाइनु पर्ने,स्नातकोत्तरको शुल्क दुई किस्तामा बुझाउने व्यवस्था बनाइनु पर्ने, क्याम्पसमा खेलकुद सामग्री र पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तक उपलब्ध हुनु पर्ने छन् । यस्तै क्याम्पसको पारदर्शिताका लागि वार्षिक आय व्यय शैक्षिक सत्रको सुरुमै सार्वजनिक गर्नुपर्ने,कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयु)मा क्याम्पसमा पठनपाठन भइरहेको बागबानीका क्रेडिट समय पुगेका विषयहरूमा भर्ना हुन पाउने वातावरण तय गरिनु पर्ने लगायतका वुद्धा रहेका छन् ।२४ घण्टा भित्र माग पूरा नभए कडा अान्दाेलनमा उत्रने स‌गठनकाद्धयले चेतावनी िदएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार