शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्र्रिया सम्पन्न

  सरलपाटी संवाददाता

 415 पटक हेरिएको

इलाम/इन्सेकले सञ्चालन गर्दै आएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी परियोजना अन्तर्गत अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । गोदक र पञ्चकन्यामा रहेका मानव अधिकार निगरानी समुह, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी र शिक्षक तथा सर्वसाधारणको सहभागीता रहेको कार्यक्रममा सहभागीले अझै पनि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा आवाज उठाउन जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति उप–प्रमुख चित्रकला बराइलीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा भएको सरकारी लगानी अनुसार सेवा प्रवाह हुन नसकेको सर्वसाधारणले गुनासो अझै गुनासो गर्ने गरेको भन्दै त्यसतर्फ सचेत भएर काम गर्न स्वास्थ्यकर्मी र शिक्षकहरूलाई आग्रह गरेकी थिइन् ।
यस्तै पञ्चकन्यास्थित स्वास्थ्य केन्द्रका अहेव पदम कटुवालले नेपाल सरकारले उपलब्ध गराउने भनेका निःशुल्क सबै निःशुल्क औषधी स्वास्थ्य केन्द्रहरूमा नभएकाले सेवाग्राहीलाई वितरण गर्न समस्या भएको बताए । कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाले मानव अधिकारका हेरक सवालमा राज्यको दायित्व बढी हुनेहुँदा तीनै तहका सरकारले आफ्नो दायित्व विर्सन नहुने बताए । उनले भने ‘संघसंस्था र सरोकारवाला सँगको सहकार्यमा राज्यले मानव अधिकार रक्षाका निम्ति काम गर्नुपर्ने दायित्व विर्सन हुँदैन, साझेदारी गर्न हामी तयार छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार