नेपाली सेनाको त्रिभुवन आर्मी क्लव इलाममा जारी माइभ्याली गोल्डकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । झापाको काँकरभिट्टा ट्रेनिङ्ग सेन्टर झापासँग टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित हुँदै त्रिभुवन आर्मी प्रतियोगीताबाट बाहिरिएको हो ।
आर्मीका विवेक बस्नेतले गरेको पेनाल्टी झापाका किशोर थापाले रोकेका थिए । युद्धबहादुर शाहीको पेनाल्टी प्रहार गोलपोष्ट भन्दा बाहिर परेको थियो । शाहीले अन्तिम पेनाल्टी बाहिर हानेपछि आर्मी काँकरभिट्टा ट्रेनिङ्ग सेन्टरसँग रोकिनु परेको हो । झापाका योगेश गुरुङ, मिलन राई, विक्रम लिम्बू, र विशाल राईले गोल गरेका थिए भने अफ्रिकन मुलका खेलाडी भिक्टोरको प्रहार भने आर्मीका गोलरक्षक विश्वास चौधरीले बचाएका थिए । आर्मीको तर्फबाट रितेश क्षेत्री, दिप लामा, विकास तामाङले मात्रै पेनाल्टीमा गोल गर्न सके ।
पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएपनि दोस्रो आफको १२ आंै मिनेटमा आर्मीले गोलको खाता खोलेको थियो । आर्मीका दिपेन्द्र कार्कीले ३० याडभन्दा टाढाबाट गरेको प्रहार बारमा ठोक्किदै गोल लाईन भित्र खसेपछि आर्मीले खेलमा अग्रता लिएको थियो । तर, आर्मीले आफ्नो अग्रतालाई खेल अवधिभर टिकाउन सकेन । आर्मीका खेलाडीले आफ्नो डि एरिया बाहिर झापाका भिक्टोरलाई फल गरेपछि खेलको ८५ औं मिनेटमा झापाले फ्रि किकको मौका पाएको थियो । योगेश गुरुङको फ्रि किकमा हेड मार्फत विकास राईले गोल गर्दै झापालाई खेलमा फर्काएका थिए ।
निर्धारित समयमा १–१ गोलको बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरित्ति समयमा दुवै टिमबाट निर्णायक गोल हुन सकेन । त्यसपछि टाइब्रेकरका आधारमा निर्णय लिइएको हो । टाइब्रेकरमा जित निकाल्दै झापाले इटहरीमा भएको हारको बदला लिएको छ । इटहरीमा भएको सेमीफाइनल खेलमा झापा आर्मीसँग ४–० गोल अन्तरले पराजीत भएको थियो । शुक्रबारको खेलमा झापाका गोलरक्षक दिनेश थापा मगर म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । आर्मीका प्रशिक्षक चुनबहादु थापाले खेलाडीलाई मार्क गर्न नसक्दा टिमले लिएको अग्रता बचाउन नसकेको बताएका छन् । ‘खेलमा हामीले डोमिनेट ग¥यांै तर, अन्तिम समयमा झापाका खेलाडीलाई मार्क गर्न नसक्दा गोल खानु प¥यो’–थापाले थप,े–‘हामीले पहिलो हाफमा पाएको मौका पनि चुकायौं ।’ यता काँकरभिट्टा ट्रेनिङ्ग सेन्टर झापाका प्रशिक्षक मिनबहादुर बस्नेतले भने खेल अवधिमा पाएको मौकामा गोल गर्न नसक्दा टाइब्रेकरसम्म कुर्नु परेको बताए । ‘वन भर्सेस वनमा समेत गोल नगरेपछि हामीले टाइब्रेकरसम्म कुर्नु प¥यो’–बस्नेतले भने ।
शुक्रबारको खेलसँगै माइभ्याली गोल्डकपको सेमीफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि शनिबार क्यामरुनको दाउफिन्स क्लव र नेपाल पुलिस क्लबबीच हुनेछ । आइतबारको अर्को सेमीफाइनल खेलमा काँकरभिट्टा ट्रेनिङ्ग सेन्टर झापाले हिमालयन शेर्पा क्लवको सामना गर्नुपर्नेछ ।