
नेत्रविक्रम चन्द नेतृत्वको केपाल कम्युनिष्ट पार्टी (नेकपा) को आमहड्तालका कारण इलाम लगायत पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बजार, विद्यालय र यातायात ठप्प छ । मोटरसाइलकहरु समेत फाट्ट फुट्ट मात्र कुदेका छन् । सवारी नचल्दा यात्रुहरुलाई समस्या भएको छ । विप्लव नेतृत्वको नेकपाले सरकारले आफ्नो कार्यकर्ता माथि धरपकड, गोली प्रहार गरी दमन गरेको विरोधमा आमहड्तालको आव्हान गरेको हो । चन्दा आतंक सिर्जना गरेको, विष्फोटलगायतको घटनाहरु गरेर नागरिकलाई आतंकित बनाएको भन्दै सरकारले विप्लव नेतृत्वको नेकपालाई मंगलबारदेखि प्रतिबन्धपनि लगएको छ ।
यता विप्लवले भने सरकारले प्रतिबन्ध लगाएपछि पहिलो पल्ट विज्ञप्ती जारी गर्दै सरकारको प्रतिवन्ध हास्याँस्पद भएको बताएका छन् । उनले नागरिकका लागि क्रान्ति गरेकाले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको भन्दै सहयोग जारी राख्न पनि अनुरोध गरेका छन् । विज्ञप्तीमा उनले सरकारसामु कुनै पनि हालतमा नझुक्ने बरु सरकारले दमन गरे त्यसको मुखतोड जवाफ फर्काउने पनि जनाएका छन् । विज्ञप्तीमा प्रधानमन्त्री केपी ओली र प्रचण्डको गदारीका कारण क्रान्ति बाध्यताले गर्नु परेको पनि उल्लेख गरेका छन् ।


496 पटक हेरिएको 






