इलाम । नेपाल पुलिस क्लवले इलाममा जारी माइभ्याली गोल्डकको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।
भारतको युनाइटेड क्लव दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले सेमीफाइनको यात्रा तय गरेको हो ।
पुलिस क्लवले खेलको पहिलो हाफमानै एक गोलको अग्रता लिएको थियो । दार्जिलिङका गोल रक्षक विनोद क्षेत्रीले पुलिसका भरत साहलाई डिबक्स एरिया बाहिर फाउल गरेपछि पुलिसले फ्रि किकको मौका पायो । खेलको सातांै मिनेटमा पाएको फ्रि किकलाई सौजन्य याख्याले बार क्रस गर्दै जाली चुमाए । याख्याको गोलसँगै पुलिसले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो ।
खेल अवधिभर दार्जिलिङको दवाबमा परेको पुलिसले ८१ आंै मिनेटमा अग्रता दोब्बर बनायो । ३० याडभन्दा टाढाबाट भरत साहले प्रहार गरेको फ्रि किक दार्जिलिङका गोल रक्षक विनोद क्षेत्रीको पञ्जाबाट फुत्किएर गोल लाइन क्रस गरेपछि पुलिसको खातामा अर्को एक गोल थपियो । खेलको ८५ औं मिनेटमा युनाइटेड क्लवका करण राईले युनाइटेड क्लव दार्जिलिङको लागि एक गोल फर्काए । दिप्सन राई को क्रस पासमा करण राईले गोल गरेका थिए । खेल अवधिभर पुलिसलाई दवाबमा राखेको युनाइटेडले आधा दर्जन बढि मौका खेर फालेको थियो । दार्जिलिङका सोनम लेप्चाले पेनाल्टी क्षेत्रमा निकालेको सुन्दर अवसरलाई करण राईले खेर फाले । गोल रक्षक विरुद्ध वन भर्सेस वनको अवस्थामा दिप्सन राई गोल गर्नबाट चुके । पुलिसका सन्तोष हेमरुनले दार्जिलिङको गोल पोष्टमा गरेको सशक्त प्रहार बारमा लागेर फर्किएको थियो ।
फिनिसिङ लाइनको कमजोरीका कारण दार्जिलिङ पुलिसँग बुटवलको तिलोत्तमा गोल्डकपमा भएको हारको बदला लिन सकेन । पहिलो क्वार्टर फाइनल खेलको म्यान अफ दि म्याच पुलिसका सौजन्य याख्या घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । पुलिस क्लवका प्रशिक्षक अनन्त राज थापाले नियमित प्लेइङ सेटका पाँच खेलाडी नहुँदा टिमले दवाब झेल्नु परेको बताए । ‘जुनियर प्लेयर भएकाले दवाबमा परेका हांै’ उनले थपे, ‘धेरै खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् ।’ दार्जिलिङका प्रशिक्षक साम्देन शेर्पाले बलसँग सेट हुनै समय लागेकाले हार ब्यहोरेको बताए । ‘हामीले उता यस्तो (केल्मीको) वल खेल्दैनौ, वलसँग सेट हुनै टाइम लाग्यो’ उनले भने, ‘तर यहाँ पाएको दर्शकको सपोर्टले हौसला थपेको छ ।’ दार्जिलिङ आयोजक माइभ्याली फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो भने नेपाल पुलिस क्वल बाइ पाएर क्वार्टर फाइनल खेलेको हो । बुधबार हिमालयन शेर्पा क्वल र थ्रिस्टार ललितपुर बीच खेल हुने छ । झापा ११ को आरोप प्रति माइभ्याली फुटवल क्लव र जिल्ला फुटवल संघ इलामको आपत्ती
माइभ्याली गोल्डकपमा झापा ११ सहभागी हुन नपाएको बिषयमा बिभिन्न संचार माध्यममा आएका समाचारहरु भ्रामक भएको भन्दै माईभ्याली फुटवल क्लव र जिल्ला फुटवल संघ इलामले खण्डन गरेको छ ।
बुधबार संघ र क्लबले एक बिज्ञप्ती जारी गर्दै झापा ११ आफ्नै कारणले माइभ्याली गोल्डकपमा सहभागी नभएको जनाएको छ ।
एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीका कारण झापा ११ माइभ्याली गोल्डकपमा सहभागी बन्न नपाएको भन्ने समाचारप्रति पनि आपत्ति जनाइएको छ । विज्ञप्तीमा माइभ्याली फुटवल क्लवले खेलमा सहभागी बन्न कसैलाई नरोकिएको प्रष्ट पार्दंै झापा ११ खेलमा सहभागी नबन्नुमा एन्फा केन्द्रिय सदस्य निरोज खड्गीको कुनै हात नरहेको जनाएको छ ।
जिल्ला फुटवल संघ इलामका महासचिव रजत खड्का र माइभ्याली फुटवल क्लब इलामका महासचिव दिनेश काफ्लेद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा झापा ११ ले एन्फा केन्द्रिय सदस्य खड्गीको म्यासेन्जरमा कन्फरमेसन लेटर पठाएको भन्नु नै आधिकारीक नभएको जनाएकोे छ ।
माइभ्याली फुटवल क्लवको इमेल ठेगाना हुँदाहुँदै खड्गीको म्यासेन्जरमा पत्र पठाएका छांै भन्नु नै झापा ११ को कमजोरी रहेको बिज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा एन्फा केन्द्रिय सदस्य खड्गी माईभ्याली गोल्डकप संघ सम्बन्धित नरहेको प्रष्ट पार्दै झापा ११ ले खड्गी माथि लगाएका आरोप भ्रामक र कपोल्कल्पित भएको जनाएको छ ।
माइभ्यालीले चार महिना अगाडिनै खेलमा प्रवेशका लागि पत्राचार गरे पनि समयमा झापा ११ ले रेस्पोन्स नगरेपछि अर्को टिमलाई सहभागी गराएको बताइएको छ ।
समाचारमा एन्फाको खेल राजनीतिक चक्कर, एन्फा केन्द्रिय सदस्य खड्गीका कारण झापा ११ सहभागी बन्न नपाएको र आयोजकले निषेध गरेको जस्ता आरोप लगाइएको छ ।