व्यवसायीहरुलाई करदाता शिक्षासँगै बजार अनुगमन

  सरलपाटी संवाददाता

 1352 पटक हेरिएको


इलाम।करदाता सेवा कार्यालय इलाम र उद्योग वाणिज्य संघ इलामको संयुक्त आयोजनामा सोमबार बिब्ल्याँटेमा करदाता शिक्षा तथा अन्तक्रिया सम्पन्न भएको छ ।
करको दायरामा किन र कसरी आउने, नआएमा के हुने भन्ने विषयमा व्यवसायीहरुलाई जानकारी दिनका लागि आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय इलामका प्रमुख यादव खड्काले सहजीकरण गरेका थिए । व्यवसायीहरुलाई करको दायरामा आउने प्रक्रिया, करमा आउनु पर्ने कानुनी प्रावधानको विषयमा प्रमुख खड्काले जानकारी दिएका थिए ।
उद्योग वाणिज्य संघ इलामका प्रथम उपाध्यक्ष इश्वर चिपालुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुर श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए । संघका महासचिव मदन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा विब्ल्याँटेका ७० जना व्यवसायीहरुको सहभागिता रहेको उदोग वाणिज्य संघका सदस्य राजन दाहालले बताए । सहभागीहरुले पनि करका विषयमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रमपछि कार्यालय र उद्योग वाणिज्य संघले संयुक्त रुपमा बजारका पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा व्यवसायीहरु करको दायरामा आएनआएको, प्रमाया पत्र, पाटीहरु राखिएको नराखिएको, खाताहरु अद्यावधिक भए नभएको, बील विजकहरु दिने गरिएको नगरिएको र अन्त शुल्कमा दर्ता भए नभएको हेरिएको कार्यालयका प्रमुख खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार