
इलाममा आइतबारबाट सुरु भएको माइभ्याली गोल्डकपमा भारतको युनाइटेड क्लव दार्जिलिङले विजयी सुरुवात गरेको छ ।
आयोजक माइभ्याली फुटवल क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै युनाइटेड क्लव दार्जिलिङ दास्रो चरणको यात्रा सुरु गरेको छ । दोस्रा आफको इन्जुरी समयमा भएको एक मात्रै गोल खेलको निर्णायक गोल बन्यो । वैकल्पिक खेलाडी दिवाशेष राईले पेनाल्टी क्षेत्रमा पाएको बललाई गोलमा परिणत गरे ।
आयोजक माइभ्याली फुटवल क्लवले भने मौकाको सदुपयोग गर्न नसक्दा उद्घाटन खेलबाटै बाहिरिनु परेको छ । इलामका दर्शन गुरुङले विपक्षीको डि एरिया भित्र पाएको बल गोल रक्षकसंगको वन भर्सेस वनको अवस्थामा समेत गोल गर्न सकेनन् । अंकित दाहालले गरेको कर्नर प्रहारमा दर्शन गुरुङले पेनाल्टी क्षेत्रबाट रिबाउण्ड प्रहार गर्ने मौका पाए । दार्जिलिङका गोल रक्षक विनोद क्षेत्री विट भएको अवस्थमा गुरुङको प्रहार दार्जिलिङका सोनम लेप्चाले गोल लाइनबाट बचाए । आयोजकका लागि सोनम राई र कप्तान पासाङ शेपाले पनि पाएको अवसर गुमाउँदा हार ब्यहोर्नु प¥यो । निर्णयक गोलका लागि दार्जिलिङले खेलको अन्त्यसम्म संघर्ष गर्नुप¥यो । दार्जिलिङले पनि खेल अवधिमा पाएको थुप्रै मौका खेर फाल्यो । दार्जिलिङका वाङदेल तामाङले पेनाल्टी क्षेत्रमा पाएको बललाई गोलको दिसा दिन सकेनन् । कप्तान दिनेश सुब्बाले पाएको मौकामा सशक्त प्रहार गर्न सकेनन् । दार्जिलिङका प्रशिक्षक प्रभाकर लिम्बुले पहिलो हाफमा दबाबमा परेपनि दोस्रो हाफमा लयमा फर्कदा जित निस्किएको बताए । ‘पहिलो हाफमा हाम्रो मिड फिल्ड चल्नै सकेन, दोस्रो हाफमा दुई खेलाडी परिवर्तन गरेपछि हामीले दबाब दिनसक्यौ,’उनले भने,‘त्यही भएर नतिजा हाम्रो पक्षमा आयो ।’
माइभ्यालीका प्रशिक्षक दर्शन भक्तराज भने पाएको मौका गुमाउँदा हार ब्यहोर्नु परेको बताउँछन् । ‘खेलमा दुई चार अवसर पाइन हो, त्यो पनि गुमाएपछि हार ब्यहोर्नु प¥यो’ भक्तराजले भने,‘सेट टिम नभएकाले खेलाडीका बीचमा अण्डरस्टाण्डिङ पनि भएन ।’ खेलको म्यानअफ दि म्याच दार्जिलिङका वाङदेल तामाङ्ग भए । उनले दश हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । उद्घाटन खेलमा विजयी भएको दार्जिलिङले नेपाल पुलिस क्लवको सामना गर्नुपर्ने छ । सोमबारको खेलमा हिमालयन शेर्पा क्वल र नेप्लीज फुटवल एकाडेमी हङकङकाबीच हुने छ । प्रतियोगितामा दशवटा टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले चार लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ । प्रतियोगीताको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राइले उद्घाटन गरे ।
खेलकुद प्राथमिकतामाः मुख्यमन्त्री राई

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राइले नेपालमानै सर्वाधिक पुरस्कार राशी भएको मुख्यमन्त्री कपको आयोजना गर्ने उद्घोष गरे । ‘हामी एक नम्बर प्रदेशलाई खेलकुदको राजधानीको रुपमा विकास गर्छौ’मुख्यमन्त्री राईले भने,‘प्रदेश सरकारले खेलकुदलाई प्राथमीकतामा राखेको छ ।’कार्यक्रम माईभ्यालीका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


754 पटक हेरिएको 






