जगदम्बा महिला कृषि सहकारी संस्थाले बरबोटेमा अग्र्यानिक कृषि तालिमसँगै प्लाष्टिक पोखरी र तरकारीको बीउ विजन वितरण गरेको छ ।
इलाम नगरपालिकाको सहयोगमा संस्थाले इलाम नगरपालिका वडा नं. ४ र ५ का २५ जना महिलाहरुलाई तीन दिने व्यावसायिक अग्र्यानिक बेमौसमी तालिम दिएको छ । सोमबारदेखि शुरु भएको तालिमको बुधबार समापन गरिएको थियो । समापन कार्यक्रममा सहभागीहरुलाई वडा नं. ५ का वडाध्यक्ष ठाकूर श्रेष्ठ र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले सहभागिहरुलाई प्रमाण–पत्र प्रदान गरेका थिए । संस्थाकी अध्यक्ष चित्रादेवी घिमिरे भूर्तेलले सहभागीहरुलाई बीउ विजत र प्लाष्टिक पोखरी वितरण गरेकी थिइन् ।
संस्थाकी अध्यक्ष भूर्तेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा संस्थाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक धनकुमारी खनालले कार्यक्रमको विषयमा जानकारी गराएकी थिइन् । तालिमको सहजीकरण कृषि ज्ञान केन्द्र इलामकी रमा गुरागाईले गरेकी थिइन् ।
इलाम नगरपालिकाको ६० प्रतिशत र संस्थाको ४० प्रतिशतको लगानीमा तालिम सञ्चालन गरिएको संस्थाकी उपाध्यक्ष खनालले बताइन् । दुई लाख १० हजारको लागतमा तालिम सञ्चालन गरिएको पनि उनले बताइन् ।