सामुदायिक विद्यालयमा पुराण लगाइँदै

  डम्बर निरौला

 556 पटक हेरिएको

माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको अमर कल्याण माध्यमिक विद्यालयमा आगामी चैत्र २४बाट सप्ताह पुराण लाग्ने भएको छ ।
नमुना विद्यालयका रूपमा चिनिएको यस विद्यालयमा नमुनाका कार्यक्रमहरू समेत आइसकेकाले सप्ताह लगाइने बताइएको छ । सप्ताह महापुराणले विद्यार्थीको पढाइमा असर नहुने समेत धनबहादुर भण्डारीले बताएका छन् । अभिभावक सरोकारवाला लगायत सहयोगी हातहरू सबैलाइ सहयोग गरिदिनको लागि साथै पुराण सफल पार्नको लागि सबैमा प्रधानाध्यापकले आग्रह समेत गरेका छन् ।
पुराणका लागि २०१ जनाको मुल समिति बनाइएको छ । अध्यक्षमा विद्यायल व्यवस्थापन समितिका अध्यक्ष छिरिङ मोक्तान र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक धन बहादुर भण्डारी रहेका छन् ।
माइजोगमाई गाउँपालिकाले पनि सकेसम्मको सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष जीतबहादुर राइले बताएका छन् भने नेपाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तराज लाम्गादेले पनि विद्यालयको तर्फबाट सहयोग गर्ने कुरा बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार