हेलिकोप्टर दुर्घटना : मृतक सातै जनाको शव काठमाडौं ल्याउने तयारी

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा विमानस्थलका प्रवत्ता प्रताबबाबु तिवारीले हेलिकोप्टरमा सवार सातै जनाको शव संकलन भइसकेको र काठमाडौं ल्याउने तयारी भएको जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसो १ बजेतिर ताप्लेजुङको सुकेटार विमानस्थलबाट उडेको एक मिनेटमा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । दुर्घटनास्थलमा बाक्लो हिमपात भइरहेको कारण दुर्घटना हुन सक्ने आशंका गरिएको तिवारीले जानकारी दिए । अहिले शव लिनको लागि एयर डाईनेष्टी, नेपाली सेनाको हेलिकप्टर र सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनास्थलतर्फ लागेको छ ।

मृत्यु हुनेमा हेलिकोप्टर चालक प्रभाकर श्रेष्ठसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार