माइजोगमाइ गाउपालिकाले आज एक कार्यक्रमको बिच खानेपानीको पाइप बितरण गरेको छ । बिभिन्न संस्था तथा ब्यक्तिलाइ गरेर जम्मा १२ जनालाइ पाइप दिएको गाउपालिकाले जानकारी दिएको छ । पाइप पाउनेहरुमा : भोटेटार कुवा , गैरी मुहान , सिता कुमारी निरौला , डम्बर बहादुर गुरुङ र मन बहादुर निरौला , दुरभीरवोटे पुछार मुहान , ढाडेखोला मुहान दलित बस्ति रोक्का गाउँ ,प्रगतिशिल होम हर्बल गार्डान महिला कृषि तथा जडीबुटी समुह , दोर्जी खानेपानी , रुद्र प्रसाद भट्टराई , रिजाल खानेपानी , रन बहादुर राइ सहित ५ घर , टोलमान याम लिम्बू जिवन अधिकारी शिरिशे खानेपानी लाइ पाइप बितरण गरिएको हो । यो पहिलो चरणमा बितरण गरिएको हो र अब माइजोगमाइ गाउपालिका भरि खानेपानीको समस्या समाधान नहुन्जेल पाइप बितरण गर्ने गाउपालिका अध्यक्ष जित बहादुर राइले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । पहिलो चरणमा निबेदन भएकाहरुलाइ प्राथमिकताका आधारमा पाइप बितरण गरिएको र अन्य संस्था / ब्यक्तिलाइ पनि अर्को चरणमा पाइप बितरण गरिने समेत अध्यक्ष जित बहादुर राइले बताउनु भएको छ ।


1057 पटक हेरिएको 






