मोटरबाटो निर्माणका लागि अध्यक्ष श्रेष्ठद्वारा दुई लाख सहयोग

  गोविन्द लामिछाने

 1555 पटक हेरिएको

 इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) सम्म जाने मोटरबाटो निर्माणका लागि दुई लाख प्रदान गर्नुभएको छ ।
स्वर्गीय बुबा नन्दकुमार श्रेष्ठ, आमा मनमाया, दाजु हरि प्रधान, दिदी हरिकुमारी, सासु मीना श्रेष्ठको सम्झनामा अध्यक्ष श्रेष्ठले उक्त खर्चमा मोटरबाट निर्माण गरिदिनुभएको हो ।
मन्दिरसम्म पुग्नका लागि मोटरबाटो अभाव भईरहेका बेला गाउँपालिका अध्यक्ष श्रेष्ठले दुई लाख लगानीमा मोटरबाट निर्माण गरिदिएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । मोटरबाटो निर्माणका लागि दुर्गा विष्ट र यामकुमार बुढाथोकीले जग्गा दिनुभएको थियो ।
पर्यटकीयस्थलको रूपमा चिनिएको यस मन्दिरमा पुजाआजा गर्न एकतप्पा, फाकफोक, आमचोक, लुम्दे, फूएतप्पा, गजुरमुखीलगायतबाट श्रद्धालु तथा भक्तजन आउने गरेका छन् । फागुन १४ गते प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो (मौसम), प्रदेश सांसद धीरेन्द्र शर्मा (रमण) लगायतले मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर योङहाङले जानकारी दिनुभयो ।–––

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार