किन एक्कासी तीन दिनपछि स¥यो माइभ्याली ?

  सरलपाटी संवाददाता

 524 पटक हेरिएको

इलाम सदरमुकाममा हरेक वर्ष आयोजना हुँदै आएको माईभ्याली गोल्डकप पूmटबल प्रतियोगिता यस वर्ष आगामी फागुन २६ देखि हुने भएको छ । फागुन २३ देखि हुने भनिएको प्रतियोगितामा देशभरि सञ्चालन हुँदै आएका प्रतियोगिताहरूको समय तालिका मिलाउँदै आउँदा माइभ्याली गोल्डकपको समय तीन दिन पछि सार्नुपरेको आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए । प्रतियोगिताको फाइनल चैत्र ५ गते हुनेछ ।यसपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि दशवटा टीम सहभागी हुने प्रतियोगिताको विजेताले नगद ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । सबै पुरस्कारका लागि १४ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । अहिले प्रतियोगिताका लागि ठूलो टुँडीखेलमा दर्शकका लागि बाँसको प्यारापिट र अन्य तयारी भइहरको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार