नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न

  किरण पौड्याल

 1194 पटक हेरिएको

इलाम, ११ फागुन ः इलाम सदरमुकाममा शनिबार नेतृत्व विकास तथा भाषण कला सम्बन्धी एक दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको कृषि संकाय अन्तर्गतको प्राविधिक विद्यार्थी संघ(सान)को आयोजनामा भएको तालिममा नेतृत्व क्षमता कसरी बढाउने, नेतामा कस्ता गुण हुनुपर्छ जस्ता विषयमा जानकारी गराइएको थियो ।
मानव अधिकार मञ्च नेपाल इलामका योगराज सापकोटाले सहजीकरण गरेको कार्यक्रममा ३५ जना सहभागिता थिए । कार्यक्रममा कृषि संकायका शिक्षकहरू राजेन्द्र बुढाथोकी, गणेश रावत, विद्यार्थी नेता इश्वरी तामाङ लगायतको उपस्थिति थियो ।
सानकी सदस्य विनिसा श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् भने सह–सचिव सञ्जिता गुरौले स्वागत गरेकी थिइन् ।कार्यक्रमको अध्यक्षता सानकी अध्यक्ष रश्मी अर्यालले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार