माइजोगमाइ गाउपालिका र नामसालिङ सामुदायिक बिकास केन्द्र बिच छलफल

  डम्बर निरौला

 679 पटक हेरिएको

माइजोगमाइ गाउपालिका र नामसालिङ सामुदायिक बिकास केन्द्र बिचको एक अनौपचारिक छलफल आज माइजोगमाइ गाउपालिकाको केन्द्र नयाँबजारमा सम्पन्न भएको छ . माइजोगमाइ गाउपालिकाका अध्यक्ष जित बहादुर राइको संयोजकत्वमा यो छलफल कार्यक्रम सम्पन्न भएको हो . नामसालिङ सामुदायिक बिकास केन्द्रका अध्यक्ष याम अधिकारी  होमनाथ अधिकारी लगायतको उपस्थिति थियो नामसालिङ सामुदायिक बिकास केन्द्रका कर्मचारी , पदाधिकारीहरु माइजोगमाइ गाउपालिकाका कार्यपालिका सदस्यहरु सबै वडाका वडाध्यक्षहरु  इलाम मिलिस्टार नयाँबजारका डम्बर निरौला लगायतको उपस्थितमा सो कार्यक्रम सम्पन्न भएको हो ।सो छलफलमा ल्ऋम्ँ ले गरेको कामहरुको बारेमा डा. बेरीले प्रष्ट पार्नुभएको थियो  साथै दिगो बिकासको काम गसरी गर्ने , बालमैत्री स्थानीय सासन कसरी संचालन गर्ने , पूर्ण सरसफाइ कसरी गर्ने जस्ता बिषयमा पनि बेरीले स्पष्ट पार्नुभएको थियो ।३०५ केटीहरु रक्तश्रावको बेला बिद्यालय नगएको तथ्य समेत उहाले ब्यक्त गर्नुभएको छ ,साथै गाउपालिका सम्म पाल्नुहुने अतिथि हरुलाइ माइजोगमाइ गाउपालिका अध्यक्षले धन्यवाद समेत ब्यक्त गर्नुभएको छ ।साथै मुलुक संघियतामा गइसकेको र यसलाइ सफल पार्ने समेत अध्यक्ष जित बहादुर राइले उद्घोष गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार