इलाम, इलामको फाकफोकथुम गाउँपालिका एकतप्पामा जारी तेस्रो संस्करणको सहिद स्मृति खुला नकआउट फुटबलमा टुर्बोग फुटवल क्लव र पाथीभरा फुटवल क्लव फाइनल प्रवेश गरेका छन् । आज भएको खेलमा टुर्बोगले प्रतिपस्र्धी चौबन्दी फुटवल क्लवलाई ० का बिरुद्ध २ गोल गर्दै फाइनल प्रवेश गरेको हो भने अर्को खेलमा पाथीभराले माइपोखरीलाई पनि ० का बिरुद्ध २ गोल गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै विजयी टिम पाथीभरा र टुर्बोगले भोलि फागुन १ गते भिड्ने छन् ।भेट्रान्सको फाइनल खेल भने फागुन १ गते हुने जनाइएको छ ।
प्रतियोगिताका विजेताले नगद ५० रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ । यसैबीच प्रतियोगिताको फाइनलमा मेला बजार र सुमधुर साँस्कृतिक कार्यक्रमको समेत तयारी गरिएको छ । साँस्कृतिका कार्यक्रममा कलाकारहरु प्रकाश बस्नेत, रमेश सुनुवार, विजय मुकारुङका साथ अन्य स्थानीय कालाकारहरुको प्रस्तुती रहनेछ । साथमा युनिक डान्स सेन्टरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।