इलाम । विद्यार्थीहरुको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले इलामको प्रज्ञासदन को एजुकेशनल अंग्रेजी स्कुलमा मिनी स्पोट्स मिट सम्पन्न भएको छ । नर्सरी देखि कक्षा पाँचसम्मका विद्यार्थीले विभिन्न प्रतियोगीतामा भाग लिएका थिए । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 
कार्यक्रमको अवसमा विद्यालयमा एक दशकभन्दा बढि समयदेखी कार्यरत शिक्षिका सिमा चापागईंलाई सम्मान गरिएको थियो । नगद पाँच हजार रुपैयाँ सहित प्रमाणपत्रले उनलाई सम्मान गरिएको हो । कार्यक्रममा जुनियर राष्ट्रिय सेवा दल (एनसीसी) को तालिम पुरा गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुले नृत्यसहित विभिन्न प्रस्तुती गरेका थिए । स्पोर्ट मिटकै अवस पारेर कक्षा दशमा अध्यनरत विद्यार्थीलाई विदाइ गरिएको थियो । 
स्पोट्स मिटमा कक्षागत रुपमा विभिन्न खेलहरु खेलाइएको थियो । चकलेट निकाल्ने खेलमा नर्सरीका नर्मता आचार्य, विपासा राई, सिमरन खतिवडा क्रमश पहिलो दोस्रो र तेस्रो भए । वेलुन फाइटमा नर्सरीकै ब्रिटिस लिम्बु, जेम्स राई र विकल्प जोशी क्रमश पहिलो दोस्रो र तेस्रो भएका थिए । युकेजीको चकलेट निकाल्ने दौडमा युनिसा सुवेदी, सुप्रना विके उत्सा लिम्बुले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । वेलुन फाइटमा प्रतिक श्रेष्ठ, अमृक्षा दाहाल र सुसम आचार्यले पहिलो दोस्रो र तेस्रो स्थान हासिल गरे । युकेजीकै अन्दाज गर्ने खेलमा हिस्मा साउदेन, इम्प्रेसा गुरुङ्ग, डिक्छेन गुरुङ्गले क्रमश पहिलो दोस्रो र तेस्रो स्थान हासिल गरे ।
युकेजीकै सामग्री संकलन प्रतियोगीतामा छितिज ठकुरी, सौजन राई र उमंग राईले पहिलो, दोस्रो र तेस्रो भए । कक्षा एकको रिले दौडमा दिप्सन सुनुवार,सौजन तामाङ्ग, रोमित राई पहिलो भए । निराजन आचार्य जेनिस राई र रिङचेन तामाङ्ग दोस्रो स्थान हासिल गर्न सफल भए । उपस्ना लिम्बु, ट्यागेन लिम्बु, रिब्जन गुरुङ तेस्रो भए । अक्षर मिलाउने प्रतियोगीतामा ब्रिपिना साउदेन, सृष्टि गुरुङ, र निलिसा कटुवाल क्रमस पहिलो दोस्रो र तेस्रो भए । सियोमा धागो छिराउने खेलमा रिचा निरौला, दिपिका नेपाल र सुरक्षा राईले पहिलो दोस्रो र तेस्रो स्थान हासिल गरे । सिक्का खोज्ने दौडमा सौरभ तामाङ, संगम खतिवडा र मिसन राई क्रमस पहिलो दोस्रो र तेस्रो भए । स्वीटर लगाउने दौडमा आशिस तामाङ, विदान राई उत्सव लिम्बु पहिलो, दोस्रो र तेस्रो भए । स्किपीङ दौडमा स्नेहा साउदेन, सलिसा मगर, सितल बस्नेत पहिलो दोस्रो र तेस्रो भए । बोरा दौडमा पाल्नेद तामाङ, दिपेश तामाङ, मनिस राई पहिलो दोस्रो र तेस्रो भएका थिए ।
तीन खुट्टे दौडमा अभिषेक पौडेल र एञ्जेल गुरुङ पहिलो भए । सुगम दास र कृतेश ढकाल दोस्रो स्थान हासिल गरे भने समिर थेगीम र निरोज राई तेस्रो भए । टाइ लगाउने दौडमा जेनि मुखिया, दिक्षा दाहाल, अञ्जली गरुङ क्रमश पहिलो दोस्रो र तेस्रो भए । पानी बोक्ने दौडमा आसिका गुरुङ, निकिता सापकोटा, अदिति अधिकारी पहिलो दोस्रो र तेस्रो भए । भाले जुधाइमा सोहन गुरुङ, दर्पण गुरुङ र सुवोध भण्डारी क्रमश पहिलो दोस्रो र तेस्रो स्थान हासिल गरे । अन्तर सदन फुटवल प्रतियोगीताको फाइनल भने बुधबार हुने भएको छ । 
विद्यालयकी संस्थापक कल्पना ओलीको अध्यक्षतामा तथा नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन इलामका अध्यक्ष विकास कर्मचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधान अध्यापक सिएम गुरागाईले स्वागत मन्तब्य राखेका थिए ।


882 पटक हेरिएको 






