इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको सहिद स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् । शुक्रबार भएका खेलमा टुवोर्ग फुटवल क्लव र माईपोखरी फुटवल क्लव विजयी भएका छन् । टुवोर्गले आयोजक बीलाई हराउँदै जीत निकाल्दै सेमिफाइनलको बाटो तय गरेको हो भने शुक्रबारै भएको दोस्रो खेलमा माइपोखरीले फाल्गुनन्द फुटवल क्लवमाथि जीत निकालेको हो । यस्तै शनिबार ४० वर्ष माथिको भट्रान्स प्रतियोगिता समेत हुने जनाइएको छ । सो प्रतियोगितामा सिकारी भञ्ज्याङ्ग भेट्रान्स फाकफोकथुम र बरभञ्ज्याङ्ग भेट्रान्स देउमाई बीच हुने छ भने दोस्रा्े खेल फिजरा भेट्रान्स माङ्सेबुङ र पितमरुङ भेट्रान्स बीच हुने आयोजकले जनाएको छ । यस्तै शनिबार नै हुने अर्को भेट्रान्स प्रतियोगितामा दोकान डाँडा फाकफोकथुम भेट्रान्स र
माङ्सेबुङ भेट्रान्स माङ्बुङ बीच हुने आयोजक समितिका सचिव सुमन दियालीले जानकारी दिए । भेट्रान्सको फाइनल खेल भने आइतबार हुने र विजयी टिमलाई १० हजार बराबरको खसी पुरस्कार दिइने दियालीको भनाइ छ ।
फागुन १ गते जनयुद्ध दिवसको अवसरमा फाइनल खेल सम्पन्न हुने सो प्रतियोगिताका विजेताले नगद ५० रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।