इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा विद्यार्थीहरूले भव्य रुपमा फाग ल्हो सोनाम तथा ग्याल्बो ल्होसार मनाएका छन । तामाङ समुदाय र शेर्पा समुदायले चन्द्र पात्रो अनुसार मनाउदै आएको ल्होसार अर्थात नयाँ वर्षको अवसर पारेर आज महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा विद्यार्थीहरुले शुभकाना आदानप्रदान तथा विद्यार्थी भेला कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा शुभकामना राख्दै अनेरास्ववियु तथा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षद्वय विपिन पोखरेल र इश्वरी तामाङ, केन्द्रिय सदस्यहरु शन्धिभक्त शंकर र रबिन्द सुबेदीले नेपालमा जातिय,धार्मिक,भौगोलिक विविधता रहेको यी नै विविधता र अनेकता विचमा भावनात्मक एकता रहेकोले सबै पर्वहरुलाई सम्मान दृष्टिकोणले हेरिनु पर्नेमा जोड दिए भने विद्यार्थी सचेत जमात भएकोले पनि विद्यार्थीहरूले सहिष्णुता पैदा गर्न हरदम भुमिका निर्वाह गर्नु पर्ने बताए ।
कार्यक्रम अनेरास्ववियू जिल्ला सह–सचिव मिलन खत्रि, सचिव विपन तुम्रोक,नयन राई,अध्यक्षद्वय विपिन पोख्रेल, इश्वरी तामाङ,केन्द्रीय सदस्यहरू शन्धिभक्त शंकर र रबिन्द्र सुबेदि लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष दर्शन राईले गर्नु भएको अनेरास्ववियू मरबका सचिव विशाल कार्कीले बताए ।