‘वर्थिङ सेन्टर’ निर्माण हुने

  सरलपाटी संवाददाता

 874 पटक हेरिएको


इलाम/इलामको सूर्योदय नगरपालिका– ७ मा जापान सरकारले ‘वर्थिङ सेन्टर’ निर्माण गरिदिने भएको छ । वर्थिङ सेन्टर निर्माणका लागि शुक्रबार काठमाडौंस्थित जापानी दूताबासमा नगरप्रमुख र दुताबासका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
जापान सरकारले आफ्नो ‘जिजिपी प्रोजेक्ट’ मार्फत निर्माण गरिदिने भएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जानकारी दिए । राजदूतावासका प्रतिनिधि युजो योसिओका र नगरप्रमुख राईले वर्थिङ सेन्टर निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । जापान सरकारले यो सेन्टरका लागि करिब ९२ लाख रूपैयाँ खर्चने छ । चारकोठे, एक तले सुविधा सम्पन्न भवनमा १६ प्रकारका उपकरणसहित जापानले निर्माण गर्ने बताइएको छ । नगर प्रमुख राईका अनुसार तत्काल भवन निर्माणको काम शुरू भइ करिब नौं महिनामा निर्माण सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार