चिकित्सा शिक्षामा
धारको माग राख्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन्। इलाम पुगेर १६ औं अनसन बसेका केसीको स्वास्थ्य विग्रिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। केसीले माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नु पर्ने अडान राखेका थिए।
अनसन जारी राख्दा विरामीहरुले दु:ख पाउने तर सरकारले वेवास्ता गर्ने अवस्था रहेको उनले बताएका छन्। नागरिक अगुवाहरुको आग्रह अनुसार आफुले अनसन तोडेको केसीको भनाई छ। उनले आफुसँग भएका सहमति कार्यान्वयन गर्न सरकारलाई भनेका छन्। उनले आफ्नो संघर्ष जारी रहने समेत बताएका छन्। डा. केसीले आफु सत्यवादी लडकु भएको बताएका छन्। उनले राष्ट्रपतिले विधेकमा पुर्नविचार गर्ने विश्वास व्यक्त गरेका छन्।


785 पटक हेरिएको 






