मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्नु उपयुक्तः प्रमओली

  सरलपाटी संवाददाता

 560 पटक हेरिएको


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति प्रक्रिया टुंगिने अवस्थामा पुगेकोले यसमा अवरोध गर्नु उपयुक्त नभएको बताएका छन् ।
१८औंं सशस्त्र प्रहरी दिवशका अवसरमा मंगलबार सशस्त्र प्रहरीको मूख्यालय हलचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले विगतको द्वन्द्वरत पक्ष शान्तपूर्ण राजनीतिमा आइसकेको र शान्ति प्रक्रियाका अधिकांश काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा विगतका घाउलाई कोट्याइनु उपयुक्त नभएको बताए । “हिजोका घाउ चोटलाई बल्झाउने प्रयास भएका छन् । हामीले द्वन्द्वमा अनावश्यक रुपमा फस्नु हुदैन” प्रधानमन्त्री ओलीले भने “हिजोका क्षति सम्झाएर थप क्षति गर्ने तिर लाग्नु हुदैन । यस्ता तत्वहरुको पहिचान गरेर तिनलाई निस्तेज पार्नु पर्दछ । किनभने सबै नेपालीको साझा आकांक्षा शान्ति हो ।”
प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा शान्ति प्रक्रियालाई बल्झाउन खोज्नेहरुका बारेमा सरकार जानकार रहेको बताए । “हामी राजनीतिको कठोर यात्रापार गरेर यहाँसम्मआइपुगेका छौं । अब पछाडि फर्कने कुरा हुन सक्दैन । देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्”प्रधानमन्त्री ओलीले भने “त्यसैले व्यवस्थापन भइसकेको शाान्ति प्रक्रियाका बिषयमा अनावश्यक चलखेल सह्य हुदैन ।”
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई अघि बढाउने कार्यभार लिएको बताए । “सरकार देशमा सुशासन र समृद्धि ल्याउन हर तरहले प्रयत्नशील छ । यसमा सुरक्षा निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ”प्रधानमन्त्रीओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारले शून्य भ्रष्टाचारको नीति अवलम्बन गरेको दोहो¥याउनु भएको छ । यसका लागि भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका सुरक्षा अंगहरुलाई पनि चनाखो हुन प्रधानमन्त्रीले आग्रह गरेका छन् । “शान्ति सुरक्षा र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका निकायहरुले गैर कानुनी दोहन गर्ने कुरा उपयुक्त हुदैन” प्रधानमन्त्री ओलीले भने “यसमा सबैजना सजग हुनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले छोटो समयमा नै असाधारण प्रगति गरेकोमा प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार