सुम्बेक गोल्डकपको फाइनलमा रेडहर्स र आयोजक भीड्दै

  विष्णु गड्तौला

 994 पटक हेरिएको


सुम्बेकमा जारी सुम्बेक गोल्डकपको बुधबार हुने फाइनल खेलमा आयोजक सुम्बेक खेलकुद विकास समिति र रेडहर्स इलाम बीच हुने भएको छ ।
स्थानीय खेलमैदानमा मंगलबार म सम्पन्न सेमी फाइनल खेलमा थुलुङ्ग एफसी छाँगेलाई ३–० गोलको अन्तरले हराउँदै आयोजक सुम्बेक खेलकुद विकास समिति फाइनलमा प्रवेश गरेको हो । आयोजक टीमको तर्फबाट राम तामाङ, राजकुमार मगर, छुलटिम तामाङले एक एक गोल गरेका थिए ।
अर्को सेमी फाइनल खेलमा सल्लेरी एफसीलाई हराउँदै रेड हर्स इलाम फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राइबेरक ३–५ को गोल अन्तरले सल्लेरीलाई रेड हर्सलाई हराएको हो ।
शहिद दिवशको अवसरमा बुधबार फाइनल खेल हुनेछ । सुम्बेक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेता टीमलाई नगद एक लाख एक सय एक रुपैयाँ र उप–विजेता टीमलाई नगद ५० हजार एक सय एक रुपैयाँ पुरस्कार रहेको छ । प्रतियोगिताको पहिलो पुरस्कार सुपरमाई हाइड्रोपावर कम्पनीले प्रयोजन गरेको छ । भने दोस्रो पुरस्कार स्थानीय युवा सोम राईले प्रायोजन गरेको आयोजक समितिका सचिव कर्ण राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार