रेडहर्स र थुलुङ क्लब सुम्बेक गाेल्डकपकाे सेमी फाइनलमा

  विष्णु गड्ताैला

 1197 पटक हेरिएको

सम्बेक ।
इलाम नगरपालिकाको सुम्बेकमा जारी सुम्बेक गोल्डकपको सोमबार सम्पन्न तीन खेलमा इलामको रेडहर्स फुटवल क्लब, सोम स्पोर्टिङ्ग क्लब र थुलुङ फुटवल क्लब विजयी भएको छ ।
आइतबारै भएको प्रि क्वार्टर फाइनल खेलमा विजयी भएको सोम स्पोर्टिङ क्लब भने क्वार्टर फाइनलको खेलमा रेडहर्स इलामसंग पराजीत भएको छ । रेडहर्सका लागि सुवास राईले निर्णयक गोल गरे । त्यसअघि सोम स्पोर्टिङ क्लवले आयोजक सुम्बेकलाई टाइव्रेकरमा पाँचका विरुद्ध, छ गोलले पराजीत गरेको थियो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि टाइव्रेकरका आधारमा निर्णय लिइएको हो । सोमबारनै सम्पन्न अर्को खेलमा हेलिबोथ क्लव विब्ल्याँटेलाई हराउँदै थुलुङ फुटवल क्लव माइपोखरी सेमी फाइनलमा प्रवेश गरेको छ । थुलुङ क्लवले हेलिबोथलाई शुन्यका विरुद्ध दुई गोलले पाखा लगाएको हो । थुलुङको जितका लागिसंदिप थुलुङ र प्रदिप थुलुङले एक एक गोल गरे ।
सम्बेक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेता टीमलाई नगद एक लाख एक सय एक रुपैयाँ र उप–विजेता टीमलाई नगद ५० हजार एक सय एक रुपैयाँ पुरस्कार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार