
सुम्बेकमा जारी सुम्बेक गोल्डकपको आइतबार सम्पन्न तीन खेलमा हेलिबोथ फुटबल क्लब, आयोजक टीम सुम्बेक खेलकुद विकास समिति र सल्लेरी एफसी प्याङ्ग विजयी भएका छन् ।
प्याङ्ग एफसीलार्ई २–१ गोलको अन्तरले हराउँदै हेलिबोथ फुटबल क्लब विजयी भएको हो । जीतका लागि हेलिबोथका दिवश राईले २ गोल गरेका थिए । भने प्याङ्गका विमल राईले सान्तवना गोल गरेका थिए ।
यसरीनै अर्को खेलमा आयोजक टीम सुम्बेक खेलकुद विकास समितिले ट्राइबेकरमा चित्रे एफसीलाई ८–७ गोल अन्तरले हराएको छ । पहिलो हाफमा चित्रेका रोशन गुरुङ्गले एक गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाममा सुम्बेकका राम तामाङ्गले गोल फर्कार बराबरी अवस्थामा ल्याएका थिए । निर्धारित समयमा एक–एक गोल बराबरी भएपछि ट्राइबेकरबाट सुम्बेकले जीत हात पारेको हो ।
यसरीनै आइतबारको अन्तिम खेलमा सुम्बेक एफसीलाई ३–० गोल अन्तरले हराउँदै सल्लेरी एफसी विजयी भएको छ । सल्लोरीको तर्फबाट सन्तोष राईले २ गोल र नवराज राईले १ गोल गरेका थिए ।
सम्बेक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेता टीमलाई नगद एक लाख एक सय एक रुपैयाँ र उप–विजेता टीमलाई नगद ५० हजार एक सय एक रुपैयाँ पुरस्कार रहेको छ । प्रतियोगिताको पहिलो पुरस्कार सुपरमाई हाइड्रोपावर कम्पनीले प्रयोजन गरेको छ । भने दोस्रो पुरस्कार स्थानीय युवा सोम राईले प्रायोजन गरेको आयोजक समितिका सचिव कर्ण राईले बताए ।


1489 पटक हेरिएको 






