सुम्बेक गोल्डकपमा नवराजको ह्याट्रिक

  सरलपाटी संवाददाता

 2008 पटक हेरिएको


सुम्बेकमा जारी सुम्बेक गोल्डकपको शनिबारको खेलमा हेलिबोथ फुटबल क्लब, सोम एफसी र प्याङ्ग एफसी विजयी भएका छन् ।
टारी फुटबल क्लबलाई ६–२ गोलको अन्तरले हराउँदै सोम एफसी विजयी भएको हो । सोम एफसीको तर्फबाट नवराज राईले ह्याट्रिक गरेका थिए । सोम एफसीका लागि थप दुई गोल अंकित दासले थपेका थिए । फराकिलो जीतका लागि सोम एफसीको तर्फबाट दिपेश राईले थप एक गोल गरेका थिए । अन्डर–१८ का खेलाडी मैदानमा उतारेका टारी फुटबल क्लबबाट भने विशाल याक्थुङ्गबाले दुई गोल गरेका थिए ।
हेलिबोध फुटबल क्लब विब्ल्याँटेले भने आयोजक टीमलाई ७–० गोलको फराकिलो अन्तरले हराएको थियो । आयोजक टीममा अण्डर–१७ का खेलाडीहरु रहेकाले आयोजक टीम दबावमा खेलेको थियो ।
देउराली फुटबल क्लब अनुपस्थित रहेपछि प्याङ्ग फुटबल क्लबले वाकओभर पाएको थियो ।
सम्बेक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेता टीमलाई नगद एक लाख एक सय एक रुपैयाँ र उप–विजेता टीमलाई नगद ५० हजार एक सय एक रुपैयाँ पुरस्कार रहेको छ । प्रतियोगिताको पहिलो पुरस्कार सुपरमाई हाइड्रोपावर कम्पनीले प्रयोजन गरेको छ । भने दोस्रो पुरस्कार स्थानीय युवा सोम राईले प्रायोजन गरेको आयोजक समितिका सचिव कर्ण राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार