इलाम इलाममा अनशनरत विजय थापाको समचार सम्प्रेशण नगरेको भन्दै झापाका वी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले फोनबाट धम्की दिएका छन् । प्रसाईंले इलामका पत्रकार तथा कान्तिपुर दैनिकका संवाद्दाता विप्लप भट्टराई लगायत राष्ट्रिय पत्रपत्रिकामा कार्यरत पत्रकारलाई ‘अपशब्द’बोल्दै धम्क्याएका हुन् ।
नेपाल पत्रकार महासङ्घ इलाम शाखा र प्रदेश नं. १ शाखाले प्रेस विज्ञप्ती जारी गर्दै समाचारमा चित्त नबुझेमा कानूनी बाटो अपनाउनु पर्नेमा गाली गलौच र धम्की दिनु न्यायोचित नभएको उल्लेख गरेको छ ।
महासङ्घ अध्यक्ष कोकिला ढकाल र प्रदेश नं.१ क महासचिव विवेक गौतमद्वारा हस्ताक्षरीत विज्ञप्तीमा दोषीमाथि कारबाही गरेर पत्रकारहरूलाई स्वतन्त्र रूपले काम गर्ने वातावरण मिलाइदिनका लागि सम्बन्धित पक्षसँग माग समेत गरेको छ । विज्ञप्तीमा पत्रकारहरूलाई ‘जे गर्छौ गर, तिमीहरूले गर्दा केही हुदैन’ भन्दै सञ्चालक प्रसाईंले धम्क्याएको उल्लेख गरिएको छ ।