इलाम, सिकार खेल्ने क्रममा आफ्नै वन्दुकले लागेर एक व्यक्तिको मृत्यु भएको छ इलामको रोङ गाउँपालिका वडा नं. ३ साबिक कोल्बुङ गा.बि.स.वार्ड न.७ भएका ६३ वर्षीय वुद्धिमान राईको शिकार खेल्ने क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईका अनुसार राईसहित अन्य केही साथीहरू नजिकैको जङ्गलमा सिकार खेल्न गएको र बन्दुक फायरबाट राईको मृत्यु भएको थियो ।
त्यस्तै मृतक राईको शवलाई कालगतिले मृत्यु भएको भन्दै उनका साथीहरूले जङ्गलमै पूरेको अवस्था शव फेला परेको समेत हवल्दार राईले जानकारी दिनुभयो । शव पुर्ने सबैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला इलाम साबिक कोल्बुङ गा.बि.स.वार्ड न.७. रोङ गा.पा.वडा न.३ यांग्रेकाजिटार बस्ने बिर बहादुर राईको नाति बम प्रसादराईको छोरा बर्ष ३९ को राज कुमार भन्ने राज बहादुर राई, बिर्ष सिंह राईको नाति सन्त बहादुर राईको छोरा बर्ष २२ को प्रशान्त राई, मणिराज राईको नाति बिर बहादुर राईको छोरा बर्ष ५० को दल बहादुर राई, बिर बहादुर राईको नाति बम प्रसाद राईको छोरा बर्ष ३७ को योगराज राई, बिर बहादुर राईको नाति बम प्रसाद राईको छोराबर्ष ४५ को तारा कुमार राई, नानि कर्ण राईको नाति उजिर बहादुर राईको छोरा बर्ष ५५को सुकमान राईलाई आजै प्रहरीले पक्राउ गरेको हो ।