युवा विद्यार्थी भन्छन्,‘यो डा. केसीको बालहट हो’

  सरलपाटी संवाददाता

 1422 पटक हेरिएको

इलाम      इलाममा अनशनरत डा. गोविन्द केसीलाई युवा विद्यार्थीहरूले बाल हटको संज्ञा दिएका छन् । आज इलाम सदरमुकाममा जुलुस निकालेपछिको सभालाई सम्बोद्धन गर्दै विद्यार्थीहरूले सरकारले आफ्ना सबै माग पूरा गर्नुपर्छ भन्नु केसीको बालहट भएको बताएका हुन् ।
उनीहरूले जनप्रतिनिधिले बनाएको विधेयकलाई एकजना व्यक्तिले मान्दिन भन्नु नहुने भन्दै विधिको शासन मान्नका लागि अनुरोध गरेका थिए । विद्यार्थीहरूले इलाम चोक बजारदेखि इलामको टुँडिखेल हुदै ¥यालीलाई इलाम चोक बजारमै ल्याएर सभामा परिणत गरेका थिए ।
उनीहरूले चोक बजारमा अनशन रत विजय थापालाई समर्थन गर्दै सरकारले थापाका माग पूरा गर्नुपर्ने बताएका थिए । सभामा सम्बोद्धन गर्दै एक युवा भीष्म पौडेलले सरकारको तलव भत्ता खाएर राजनीति गर्ने जो कसैलाई पनि बर्खास्त गर्नुपर्ने माग राखेका थिए । उनले डा. केसीलाई पनि सरकारको विरोध नगरि त्रिवि शिक्षण अस्पतालमा गएर आफ्नो काम गर्न अनुरोध गरेका थिए ।
यस्तै सभामा बोल्दै अर्का विद्यार्थी इश्वरी तामाङले गरिबी र विपन्नता भएकालाई पनि मेडिकल कलेज पढ्न पाउनु पर्ने माग राख्दै अनशनमा निस्केका थापालाई आफूहरूको समर्थन रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार