डा. केसीको ठीक उल्टो माग राख्दै एक युवाले शुरु गरे इलाम चोक बजारमै अनशन

  सरलपाटी संवाददाता

 2936 पटक हेरिएको

संसदको शिक्षा तथा स्वास्थ्य समितिले संझौता विपरित पारित गरेको भन्दै डा. गोविन्द केसीले १६ अनशन शुरु गरेको तेस्रो दिन केसीको ठीक उल्टो माग राखेर अर्का एक जना इलामको चोक बजारमा रहेको लाकुरी चौतारामा शुक्रबारदेखि अनशन शुरु गरेका छन् ।
समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गरी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आफूलाई सामाजिक अभियन्ता बताउने विजय थापाले शुक्रबार आफ्नो दोस्रो अनशन शुरु गरेका हुन् ।
भरखरै शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक नेपालीहरूका लागि उत्तम भएको भन्दै निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारका निम्ति संयुक्त संघर्ष समितिको नाममा आफू अनशन बसेको थापाको भनाइ छ । समितिले एक प्रेश विज्ञप्ती जारी गरी विभिन्न नौं बुँदे माग पनि सार्वजनिक गरेको छ । अनशन बस्न अघि समितिले राष्ट्रिय झण्डासहित विभिन्न नारा जुलुस सहित इलाम बजार परिक्रमा गरेको थियो । यसअघि पनि डा. केसी अनसन बसेका बेला थापा पनि अनसन बसेको र यो आफ्नो दोस्रो अनशन भएको थापाले बताए ।
डा. केसीको समर्थनमा महिलाको र्याली
यसैबीच गत पुस २५ देखि अनशनमा बसेका डा. केसीको समर्थनमा शुक्रबार पनि इलाममा महिलाहरूले ¥याली निकालेका छन् । डा. केसीको समर्थनमा लेखिएका व्यानर र प्लेकार्ड सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । यसैबीच बिहीबार बेलुका रक्तचाप कम भएपछि स्वास्थ्यमा सम्मस्या देखिएका डा. केसीको शुक्रबार भने स्वास्थ्य ठीकै रहेको केसीका सहयोगी धर्म गौतमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार