आगलागी पीडितलाई कोरियामा कार्यरत युवाहरुको सहयोग

  सरलपाटी सम्वाददाता

 1005 पटक हेरिएको

इलाम नगरपालिका वडा नंं १२ साङरुम्बाका आगलागी पीडितलाई कोरियाका युवाहरुले नगद सहयोग पठाएका छन् ।
साविक साङरुम्बा गाविस वडा नं. १ गैरी गाउँका जीतबहादुर लिम्बूको घरमा पुस १५ गते आगलागी भएको थियो । आगलागी पीडित लिम्बूलाई कोरियामा कार्यरत मोहन आङ्गदेम्बेले कोरियाली एक लाख वन, हिमाल पौडेलले ३० हजार वन र नरेश खतिवडाले ३० हजार वन राहत संकलनका लागि माछापुच्छ«े बैंकमा कोरियाबाट पठाएको खतिवडाले जानकारी दिए ।
विद्युत ससभई भएको आगलागीमा २२ लाख बराबरको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार