कार्यपालिका सदस्यको सेवा सुविधा वृद्धि

  सरलपाटी सम्वाददाता

 604 पटक हेरिएको

प्रदेश नं ३, स्थानीय तहका कार्यपालिका सदस्यको सेवा सुविधामा वृद्धि भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो ।

जसअनुसार महानगर कार्यपालिका सदस्यले मासिक रु १५ हजार, उपमहानगरकाले रु १३ हजार, नगरपालिकाले रु ११ हजार र गाउँपालिका कार्यपालिका सदस्यले रु सात हजार पाउने भएका छन् । यसअघि महानगरका कार्यपालिका सदस्यले रु आठ हजार, उपमहानगरकाकाले रु सात हजार ५००, नगरपालिकाकाले रु सात हजार र गाउँपालिकाकाले रु छ हजार पाउँदै आएका थिए ।

बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट रु एक लाख दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार