केन्द्रलाई आलुको बीउको माग धान्न मुस्किल

  सरलपाटी संवाददाता

 823 पटक हेरिएको

इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकामा पर्ने जौवारीमा तीन वर्षअघि स्थापना भएको वागवानी विकास केन्द्रमा आलुको बीऊको माग उच्च भएको छ ।
वागवानी विकास केन्द्रमा उत्पादन हुने आलुको विउ गुणस्तरीय भएपछि किसानको आकर्षण बढेको हो । आव ०७४÷०७५ मा वागवानी विकास केन्द्रमा तीन सय आठ मन आलुको विउ उत्पादन भएको थियो । ०७५÷०७६ मा चारसय ३० मन आलु उत्पादन भएको थियो । यातायातको सहज पुहँच नभएपछि दुवै वर्षमा उत्पादन भएको आलुको बीऊ केन्द्रबाटै बिक्यो । बीऊको माग गरेका सवै किसानलाई बीऊ दिन नसकिएको केन्द्रका प्रमुख निमित्त बरिष्ठ वागवानि विकास अधिकृत गणेश खत्रिले बताए । ‘अहिले एक हजार मनभन्दा बढि आलुको बिउको माग छ’–खत्रि भन्छिन्–‘उनले भने हामीले आधापनि माग धान्न सकेका छैनौ ।’ आलुको बीऊ चाहिने किसानले केन्द्रबाट बीऊ लिनुपर्छ । सदरमुकामदेखि झण्डै ४० किलोमिटरको दुरीमा पर्ने केन्द्रमा नियमीत यातायातको सेवा छैन ।
वागवानी विकास केन्द्रमा अहिले सात प्रजातिको आलुको बीऊ उत्पादन हुन्छ । केन्द्रमा जनक देव, डेजिरे, कार्डिनल, कुफ्री ज्योती, खुमल सेतो, खुमल उपहार प्रजातिको आलुको बीऊ उत्पादन हुने गरेको छ । त्यसमध्ये जनक देवको माग सवैभन्दा बढि छ । जनक देव ढुसी रोग प्रतिरोधी भएकाले यसको माग बढि हुने गरेको हो । उच्च पहाडी क्षेत्रमा वर्षाको बेला आलु खेती गरिन्छ । त्यसबेला हुस्सो लाग्ने भएकाले आलुमा डढुवा रोगको प्रकोप हुन्छ । जनकदेव डढुवाको कम प्रभाव पर्ने वागावानी विकास केन्द्रका प्रमुख खत्रीले बताए ।
केन्द्रमा अन्य प्रजातिको आलुको बीऊको पनि विकास गरिदैछ । नयाँ प्रजाति विकास भएको तेस्रो र चौथो पुस्ता पछिको उत्पादन केन्द्रले किसानलाई बीऊको रुपमा वितरण गर्ने गरेको छ । जैवारीमा उत्पादन भएको आलुको बीऊ इलाम सहित, पाँचथर, ताप्लेजुङ, भोजपुर लगायतका क्षेत्रमा जाने गरेको छ । जैवारीमा आलु विकास केन्द्रको नाममा आठ हजार चारसय रोपनी जग्गा छ । चार वर्ष अघि त्यहाँ वागवानी विकास केन्द्र र कृषि अनुसन्धान केन्द्र पुनरस्थापना गरेर आलु बालि विकासको काम भइरहेको छ ।
केन्द्रमा उत्पादन भएको आलुको बीऊ ग्रेडका आधारमा प्रतिमनको दुई हजार चारसयदेखि तीन हजार रुपैयाँसम्मका विक्री गरिन्छ । केन्द्रले उत्पादन गरेको एक मन आलुको बीऊबाट औसतमा १५/१६ आलु उत्पादन हुने प्राविधिकहरु बताउँछन् । यहाँ उत्पादन भएको बीऊ मध्य पहाडी क्षेत्रको समुन्द्री सतहको एक हजार दुईसय मिटर देखि चार हजार मिटरसम्मको उचाइमा हुने गरेको छ । तल्लो क्षेत्रमा हिउँदे र माथिल्लो क्षेत्रमा भने वर्षे बालिको रुपमा खेती गर्नुउचित हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार