
इलाम । इलामको उत्तरी क्षेत्रमा हिमपात भएको छ । इलामको देउराली, माइपातल, राके, रक्से लगायतको क्षेत्रमा हिमपात भएको हो । इलामको माथिल्लो क्षेत्रमा वर्षेनी हिमपात हुने भएपछि देउराली माइपातल लगायतका क्षेत्रमा भने १५ वर्ष पछि हिउ परेको स्थानीय बताउँछन् । इलाम माइपातलकी दिक्षा थापाले १५ वर्षपछि त्यस क्षेत्रमा हिमपात भएको बताइन् । ‘खासै बाक्लो त परेन, तर यहाँ हिउ नपरेको १५ वर्ष जति भइसकेको थियो ।Õ हिमपात भएपछि त्यस क्षेत्रमा चिसो बढेको छ । लामो समय पछि हिमपात भएपछि स्थानीयले हिउँ खेलेर रमाइलो गरेका छन् । देउरालीका युवराज पौडेलले २० वर्षपछि देउरालीमा हिउँ देख्न पाएको बताए । ‘धेरै पहि देउरालीमा हिउ देखियोÕ–उनले भने । इलामको सन्दकपुर छिन्टापु, जैवारी लगायतको क्षेत्रमा यसअघिपनि हिमपात भएको थियो । तर, त्यसभन्दा तलसम्म हिमपात भएपछि इलामा जाडो ह्वात्तै बढेको छ ।