वैदेशिक रोजगारिको लागी आकार्षक गन्तव्य मानिएको दक्षिण कोरियामा नेपालीहरुको निधन हुने क्रम दैनिक रुपमा बढिरहेको छ ।
केहि समय अघि मात्र ३ जना नेपालीको निधन भएको खबर सेलाउन नपाउदै आज पून एक नेपालीको मृत्यु भएको छ । कोरियाको चुङ्नाम प्रान्तको होङ्संङ स्थित एक बंगुर र्फाममा कार्यरत मेयङलुङ नगरपालिका-१० तेह्थुमका ३४ बर्षीय योगेन लिम्बुको मृत्यु भएको हो ।
करिब ३० महिना अघि इपिएस प्रणाली मार्फत रोजगारिका लागी कोरिया आएका लिम्बु केहि दिन यता आफुलाई स्वास फेर्न गारो हुने,हल्का रातो पिसाब जाने र दिशामा समेत कालो पदार्थ देखिन थाले पछि उपचारको लागी स्थानीय अस्पतालमा भर्ना भएका थिए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछी छनानस्थित एक अस्पतालमा रिफर गरिएको थियो ।
उक्त अस्पतालमा सामान्य किसिमको समस्या मात्र देखिएकोले चिकित्सकको सल्लाह बमोजिम साधारण शैय्यामा उपचार गराउदै आएका लिम्बू अचानक थरर कामेर ढलेको केही बेरमै उपचारमा संलग्न डाक्टरहरुले मृत्यु भएको जानकारी गराएको मृतकका साथी अंशुवर्मा लिम्बुले बताए । चिकित्सकहरुका अनुसार हृदयघातको कारण लिम्बूको मृत्यु भएको हो । मृतक लिम्बूको एक छोरी रहेकी छिन् । उनी केही समयपछि विदामा नेपाल जाने तयारी गर्दै थिए । लिम्बूको शवलाई नेपाल पठाउने तयारी भईरहेको कोरिया स्थित नेपाली दुतावासले जनाएको छ ।