
इलाम नगरपालिकाको आयोजना विहीबार जेष्ठ नागरिक सम्बन्धी सरोकारवाला बीच अन्तरक्रिया सम्पन्न भएको छ ।
जेष्ठ नागरिक संघ इलामका अध्यक्ष तोयानाथ भट्ट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार धर्म गौतमले सहजिकरण गरेका थिए ।
सोही कार्यक्रममा माइजोगमाई गाउँपालिका वडा नं. ५ सोयाङ्ग घर भई हाल दक्षिण कोरियामा रहेका शंकर विस्वासी लिम्बूले माइभगवती वृद्धाश्रमलाई प्रदान गरेको १० हजार पाँच सय ५५ रुपैंयाँ पनि हस्तान्तरण गरिएको थियो ।
सो रकम नेपाल पत्रकार महासंघका अध्यक्ष सटेन्द्र जबेगूले वृद्धाश्रमका कोषाध्यक्ष कोमल निरौलालाई हस्तान्तरण गरेका हुन् ।
इलामेली सुर्योदय समाज दक्षिण कोरियाका महासचिव समेत रहेका लिम्बूले पिताको स्मृतिमा इलाम माइखोलमा रहेको भवगती वृद्धाश्रम र राहसल बाल अनाथालयलाई सहयोग गरेका हुन् ।


473 पटक हेरिएको 






