इलाम । इलामको एक १५ वर्षे बालिकालाई जवरजस्ती करणी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–४ बुधबारे बस्ने २७ वर्षका सोम राई र झापाको बुद्धशान्ति गाउँपालिका –४ बसने २७ वर्षका उत्तम राई रहेको प्रहरीले जनाएको छ । पीडितका बाबुले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडितको नाम वतन र ठेगना खुलाइएको छैन । पक्राउ परेका दुवैलाई जिल्ला अदालत इलामबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


829 पटक हेरिएको 






