इलाम । जिल्ला अस्पताल इलाममा कार्यरत चिकित्सकमाथी हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको काममा खटिएका कर्मचारीमाथी जोर जुलुम र हातपात गर्ने माइजोगमाई गाउँपालिका–४ का १९ वर्षका सामना लिम्बु इलाम नगरपालिका–९बस्ने २२ वर्षका राजन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरुलाई रोष्टसेवकलाई बाधा बिरोध गर्ने र सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेर कार्वाही थालिएको प्रहरीले जनाएको छ ।