मौरीपालनलाई रोङको पहिचान बनाउन गाउँपालिकाको लगानी

  सरलपाटी सम्वाददाता

 1437 पटक हेरिएको

इलाम । रोङ गाउँपालिकाले मौरी पालनलाई गाउँपालिकाको पहिचानको रुपमा स्थापीत गर्नको लागि मौरी पालन ब्यवसायमा लगानी थालेको छ । मौरी पालन व्यवसाय प्रवद्र्धनको लागि अघिल्लो वर्ष एघार लाख रुपैयाँ खर्चिएको गाउँपालिकाले चालु आर्थिक वर्षका २० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यसबाट किसानलाई आधुनिक मौरी पालनको सीप सिकाउने देखि अनुदानमा घार वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
मौरीको विकास केन्द्र स्थापना
रोङ गाउँपालिकाले मौरी विकास केन्द्रनै स्थापना गरेर मौरी पालनको विकासमा लागेको छ । किटेनीबाट नजिकै पर्ने हडियामा डेढ रोपनी जग्गामा मौरी विकास केन्द्र स्थापना गरिएको छ । शुरुमा त्यहाँ १५ घारमा मैरी पालिएको छ । यो वर्ष घारको संख्या बढाएर २५ पु¥याउने गाउँपालिकाले जनाएको छ । मौरी विकास केन्द्र अन्तर्गत अन्य ठाउँहरुमा समेत मौरी पालन स्पोर्ट बढाउने गाउँपालिका अध्यक्ष समशेर राईले जानकारी दिए । ‘यो वर्ष हामी दुई ठाउँमा स्पोट बनाउने तयारीमा छौÕ–अध्यक्ष राई भन्छन्–‘त्यस्तो स्पोट बनाउन जग्गा उपलब्ध गराउनेहरुको होडबाजि चलेको छ, हामी मागनै धान्न नसक्ने अवस्थामा छौ ।Õ २५ घार मौरीका लागि डेढ रोपनी जग्गा आवश्यक पर्ने भएपनि सात रोपनी जग्गा दिनको लागि समेत किसान तयार भएको अध्यक्ष राईले सुनाए ।
गाउँपालिकामा मौरीका छुट्टै शाखा र श्रोत ब्यक्ति
गाउँपालिका क्षेत्रमा मौरी पालन ब्यवसायको प्रवद्र्धनको लागि श्रोत ब्यक्तिनै नियुक्ती गरिएको छ । मौरीका विज्ञ सलकपुरका कुमार तामाङ गाउँपालिकाको मौरी श्रोत ब्यक्ति हुन् । गाउँपालिकामा मौरीको लागि मौरी विकास खाशा छ । तामाङलाई त्यसको प्रमुखको जिम्मेवारी पनि छ । उनलाई मौरी पालनको लागि उचित क्षेत्रको छनोट, किसानको छनोट, तालिम सञ्चालन गर्ने र अनुदानमा घार वितरण गर्न सिफारीस गर्ने र मौरीको उपचार गर्नेसम्मको जिम्मेवारी छ । गाउँपालिकाले मौरी विकास केन्द्रको आम्दानीबाट त्यसको खर्च जुटाउने लक्ष्य राखेको छ । ‘यो कार्यक्रम बृद्धि हुँदै गएपछि गाउँपालिकाको राम्रो आम्दानीको श्रोत बनाउँछौÕ–अध्यक्ष राई भन्छन्–मौरी विकास केन्द्रबाट उत्पादन हुने मह, मौरीको गोला, घार र मैनको विक्रीबाट कर्मचारीको मात्रै होइन मौरी विकास शाखाकै खर्च धान्ने बनाउँछौ ।Õ

अनुदानको घारमा मौरी नपाले घार फिर्ता
रोङ गाउँपालिकाको सलकपुर, जिर्मले, भालुझोडा, किटेनी, शान्तिपुरको बदमटार, इरौटार लगायतको क्षेत्रमा मौरी पालन हुँन्छ । परम्परागत र आधुनिक तरिकाले गरेर गाउँपालिकाका तीन सय घर किसानले मौरी पालन गर्दै आएका छन् । गाउँपालिकाले ६ सय घर परिवारलाई मौरी पालनमा आवद्ध गर्ने लक्ष्य राखेको छ । एउटा घरमा ३० घारसम्म मौरी पालिएका छन् । ‘एक दुई घार राख्नेको संख्या ठूलैछÕ–मौरी श्रोत ब्यक्ति कुमार मोक्तानले भने–‘३० घारसम्म मौरी पालन गर्ने किसान छन् ।Õ मैरी पालनको लागि गाउँपालिकाले दिने तालिम र घारको अनुदान लिन घरमा परम्परागत रुपमा भएपनि मौरी पालिएको हुनुपर्ने अनिवार्य शर्त छ । पहिलो पटक आधुनिक घार राख्दा २५ प्रतिशत र दोस्रो पटकको लागि ५० प्रतिशत अनुदानको व्यस्था छ । तालिम र अनुदानका लिएका किसानले ब्यवसायीक मौरी पालान नगरे अनुदानमा वितरण गरिएको घारनै फिर्ता गर्ने गाउँपालिकाले जनाएको छ । ‘अनुदानमा घार लगेर थन्क्याउनेबाट कार्वाही स्वरुप घार फिर्ता लिन्छौÕ–अध्यक्ष राई भन्छन्–‘गाउँपालिकाको अनुदान दुरुपयोग नहोस भनेर यस्तो नीति लिइएको हो ।Õ

आम्दानीको राम्रो श्रोत
एउटा आधुनिक घरमा वर्षमा १० देखि १२ केजिसम्म मह उत्पादन हुन्छ । १० घार मौरी पालेको किसानले वर्षमा सय किलो मह उत्पादन गर्छ । मह प्रतिकिलो एक हजार रुपैयाका दरले विक्री हुन्छ । दश घार मौरी पाल्ने किसानले वर्षको एक लाख कमाई गर्छ । ३० घार पाले तीन लाख रुपैयाँ कमाई हन्छ । एक घार मौरी पाल्न शुरुमा पाँच हजार रुपैयाँ लगानी गर्नुपर्छ । एक पटकको लगानीबाट बर्षे मौरी पाल्न सकिन्छ । मौरी पालनको लागि छुट्टै जग्गाको व्यवस्थापन गरिरहनु पर्दैन । यसलाई घुसुवा बालिको रुपमा अन्यखेती गरिएको स्थानमा राख्न सकिन्छ । मौरी पालनमा अन्य व्यवसायमा जस्तो कडा मेहेनत आवश्यक पर्दैन । बेला बखत मौरीको स्याहार चाकर गरेर, मौरीलाई सुरक्षित रुपमा राख्न सके आम्दानी हात लाग्छ । तर, परम्परागत घारमा मौरी पाल्दा आधुनिक घारको जस्तो कमाई हुँदैन । परम्परागत घारमा वर्षको एक देखि दुई पटक मात्रै मह काड्न सकिन्छ । परम्परागत घारमा बच्चा समेत नासिने भएकाले मौरीको बृद्धिमा समेत समस्या आउछ । मौरी पालनको लागि एक पटक लगानी गरेपछि वर्षैसम्म आम्दानी भइरहने भएकाले किसान मौरी पालनमा आकर्षित हुँदैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार