इलाम । इलाममा पुस ५ गते देखि सुरु भएको मेची पर्यटन महोत्सवमा राखिएका स्टलहरू चोरी भएको स्टल ल्याउनले गुनासो गरेका छन् । स्टल राखिएको काठमाडौंको फीटवेल गार्मेटको करिब ४० हजार मुल्य बराबरको सामान चोरी भएको स्टल सञ्चालक सरोज मैनालीले जानकारी दिए । ‘स्टल बुकिङको दशहजार तिरेको छैन, व्यापार पनि चौपट छ, हामीले प्रचारका लागि ल्याएको भएपनि सामाननै चोरी भएपछि के गर्ने ?,’ प्रश्न गर्दै मैनालीले भने ‘कम्तिमा आयोजकले सुरक्षा व्यवस्था त मजबुद गराइदिनु प¥यो नि ।’ यो स्टलसहित अन्य चारवटा स्टलको पनि सामान चोरी भएको स्टलकर्ताहरूले बताएका छन् । आइतबार बेलुका प्याकिङ गरेको राखिएको सामान रातीनै चोरी भएको उनीहरूले बताएका छन् ।
आयोजक पर्यटन सरोकार समिति इलामका सचिव तथा प्रचार प्रसार संयोजक देवी पौड्यालले सामान चोरी भएपनि त्यति धेरै रकमको नभएको बताए । समितिले सामान चोरी भएको विषयमा बैठक बसेर कुनै एक निर्णयमा पुग्ने पौड्यालको भनाइ छ । स्टल सुरक्षाका लागि १५ जनाको प्रहरी टोली खटिएको थियो । सुरक्षाकर्मीलाईनै झुक्याएर सामान चोरी भएको बताइएको छ ।


1157 पटक हेरिएको 






