माइभ्यालीद्वरा विजेता खेलाडीलाई सम्मान

  सरलपाटी सम्वाददाता

 745 पटक हेरिएको


इलाम  । भगिमानसिं तुम्बाहाङफे स्मृति प्रतिष्ठानद्धारा तेह्थुममा पुस २ देखि ७ गते सम्म सञ्चालित प्रथम विटीएफसी आमन्त्रित फुटबल कपको विजेता खेलाडीलाई आज इलाममा सम्मान गरिएको छ । कप विजेता माइभ्याली फुटबल क्लबले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
क्लबले १६ जना खेलाडीलाई जनही आठहजार रूपैयाँका दरले सम्मान गरिएको थियो । क्लबले प्रतियोगितामा दुईलाख पाँच हजार नगदसहित शील्ड हात पारेको थियो । क्लबले खेलको तयारी खर्च कटाएर बचेको रकम खेलाडीहरूलाई हौसलाका लागि प्रदान गरेको क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।
माइभ्याली गोल्डकपको पाँचौं संस्करणका लागि तेह्थुमको जीतले अझ हौसला प्रदान गरेको अध्यक्ष चेम्जोङले बताउनु भयो । कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले तेह्थुमको जीतले इलामलाई अगाडी बढ्न थप सहयोग पुगेको भन्दै एन्फामा रहेका कोचलाई तीन महिनाकालागि इलाम ल्याएर खेलाडीलाई तालिम दिने पहल गरिरहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले इलामको खेलमैदान खेलाडीका लागि अभ्यास गर्न असहज भएपनि तेह्थुममा जीत निकाल्नुले इलाममा निरन्तर अभ्यासका लागि खेलमैदानको आवश्यकता महशुस गराएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार