
इलाम । नेपाली सेनाले इलामको ठूलो टुडिखेलमा तारबार गरेपछि अनिश्चित बनेको माइभ्याली गोल्डकपको पाँचौ संस्करण निर्धारित मितिमानै हुने भएको छ । प्रतियोगीताका आयोजक माइभ्याली फुटवल क्लब र जिल्ला फुटवलसंघले संयुक्त विज्ञप्ती निकालेर निर्धारित समयमानै प्रतियोगीता सञ्चालन हुने जानकारी दिएका हुन् । प्रतियोगीता सञ्चालनको लागि एन्फाले फागुन २३ देखि चैतको २ गते सम्मको समय उपलब्ध गराएको थियो । टुँडीखेलमा नेपाली सेनाले काँडेतारले तारबार आयोजकले पत्रकार सम्मेलन गरेर सेनाको असहयोगका कारण प्रतियोगिता गराउन नसकिने जनाएको थियो । विज्ञप्ती निकाल्दै माइभ्याली गोल्डकपका आयोजकले सामान्य सुझबुझका कमीले असज बनेको वातावरण सहज बनिसकेको जनाएको छ । माइभ्याली गोल्डकप नेपाल, भारत र भुटान, बंगलादेश समेतका ‘ए’ डिभिजनका फुटबल क्लब सहभागी हुने पूर्वी पहाडको ठूलो प्रतियोगिता हो ।


511 पटक हेरिएको 






