पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने

  सरलपाटी सम्वाददाता

 473 पटक हेरिएको

सेवा प्रदायक कम्पनीको तर्फबाटसंचार तथा सूचना प्रविधिमन्त्रीको नाममा अध्यक्ष भोजराज भट्टले निवेदन लेख्दै यो जानकारी गराएका हुन्।  निवेदनमा अतिरिक्त कर कार्यान्वयन गराउँदा सरकारप्रति नकारात्मक जनगुनासा आएको भन्दै मन्त्रीको रोहबरमा सम्पूर्ण करोकारवाला निकायसँगको सहकार्यमा समिति गठन गरी इन्टरनेटको मूल्य समायोजन गर्ने सम्झौता भएको तर यो सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइएको छ।

‘मन्त्रीज्यू सम्झौताको मूल मर्म भनेको १३ प्रतिशत अतिरिक्त शुल्क पुरानै दररेटमा समायोजन गर्ने, इन्टरनेटको सेवा प्रदायकको माग सम्बोधन गरी शुल्क समायोजन गर्नको लागि नीतिगत सहयोग गर्ने, इन्टरनेट सेवा प्रदायकले पनि समायोजनामा योगदान गर्ने इन्टरनेट सेवामा मूल्य वृद्धि हुने गरी कुनै पनि सरकारी निकायले कामकारबाही नगर्न अनुरोध गर्ने नै थियो’, निवेदनमा भनिएको छ, ‘सम्झौता भएको पाँच महिना व्यतित भैसक्दा पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त सम्झौता कार्यान्वयनका लागि पटकपटक अनुरोध गर्दासमेत कुनै निकास नआएको हुँदा यस सेवा प्रदायक संस्थाको आकस्मिक बैठकले पुस १५ गतेबाट लागु हुने गरी १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको हुँदा सोको जानकारी गर्दछौँ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार