शुरु भयो पहिलो मेची पर्यटन महोत्सव, यस्तो छ रौनक (फोटो फिचर)

  सरलपाटी सम्वाददाता

 897 पटक हेरिएको


इलाम । पहिलो मेची पर्यटन महोत्सव इलाममा शुरु भएको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवको एक नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री कुसियतले राजनीतिक अस्थिरताको कारण पर्यटनको विकास हुन नसकेको बताए । प्रदेश सरकारले आर्थिक सम्बृद्धिको लागि पर्यटनलाई प्राथमीकतामा राखेर काम गरिरहेको उनको दावी छ ।


पर्यटन प्रर्वद्धन सरोकार समितिको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन जातीय झाँकीसहितको ¥यालीले इलाम बजार परिक्रमा गरी इलामको ठूलो टुँडिखेल कार्यक्रम स्थलमा पुगेर टुङ्गिएको थियो । मेची क्षेत्र पर्यटन महोत्सवमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका पर्यटन व्यवसायी र उद्योगीहरुको सहभागिता रहेको छ ।
पुष १६ गतेसम्म हुने महोत्सवमा ६० वटा भन्दा बढि स्टलहरु राखिएका छन् । स्टलहरुमा कृषिजन्य, हाते उद्योगका उत्पादन, औद्योगिक तथा व्यवसायिक सामग्रीहरु प्रदशर्नीमा राखिएका छन् । महोत्सवमा विभिन्न जातिका परिकारहरुका स्टल, पुष्प, चौंरीगाई प्रदर्शनीमा राखिएका छन् ।
महोत्सवमा ५० हजार पर्यटक भित्रिने आयोजकको दावी छ । आगामी वर्षदेखि झापा, पाँचथर, ताप्लेजुङ समेत पालैपालो गरेर महोत्सवको आयोजना गरिने भएको छ । महोत्सवको अन्तिम दिन अर्को वर्ष महोत्सव आयोजना गर्ने जिल्लालाई महोत्सवको लोगो हस्तान्तरण गरिने आयोजकका महासचिव देवी पौडेलले बताए ।
महोत्सवमा साहित्यिक कार्यक्रम, साँस्कृतिक कार्यक्रम, खेलकुदका कार्यक्रमका साथै सम्मानका साथै हरेक दिन सास्कृतिक कार्यक्रम गरिने छ । महोत्सव स्थलमा रमाइलो मेला समेत शुरु भएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार