वि.सं. १७९९ मा गोर्खाका राजा नरभुपाल शाहको निधन पश्चात राज्य सम्हालेका उनका जेठा छोरा पृथ्वीनारायण शाह को राज्य विस्तारको सोच संगै नेपालको एकिकरणको सुरुवात भयो। यिनले प्रथम पटक नुवाकोटमा वि.सं.१८०० मा आक्रमण गरे तर त्यस पटक उनी पराजित भए । फेरि वि.सं. १८०१मा दोस्रो पटक आक्रमण गरी नुवाकोटमाथी विजय प्राप्त गरे ।त्यसपछि उनले वि.सं. १८१४ र वि.सं.१८२१ मा दुवै पटक हार विहोरेता पनि वि.सं.१८२२ चैत्र३ गते पुनः किर्तिपुरमाथी आक्रमण गरी विजय हासिल गरे ।यस्तै क्रमिक रुपमा पृथिविले वि.सं. १८२५ देखि १८२६ कार्तिक सम्ममा काठमाण्डौ,ललितपुर,र झक्तपुर माथी विजय हासिल गर्दै क्रमिकरुपमा नेपालको एकिकरण गरेरै छाडेका थिए । करिव २०० वर्ष भित्रमा देशको भौगोलिक अवस्था अनुसारका संरचना, कानुन, परराष्ट्रनिति तय गर्दै विदेशी देशहरु सँग साख जोड्दै शाह वंशले राज्य संचालन गरेको पाइन्छ तर वि.सं.२०४६ सालमा भएको नेपालको प्रथम जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरु एकै उद्देश्य लिएर सडकमा उत्रिएका थिए । नेपाली कांग्रेसले नेतृत्व गरेको यो आन्दोलनमा विभिन्न कम्युनिष्ट पार्टीहरुको समुह संयुक्त वाम मोचौ बनाएर आन्दोलनमा उत्रियो ।
५० दिन सम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरुले दमन गरि नै रहे । २०१७ सालमा राजा महेन्द्रले जन निर्वाचित प्रधानमन्त्रीलाई पदच्यूत गर्दै संसद समेत भङ्ग गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम गरे । तर १८ सालको क्रान्ति,२०३३ सालको बीपीको मेलमिलाप नीति,२०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवाबका कारण २०३६ सालमा तत्कालीन राजा बीरेन्द्रले नेपालमा जनमत संग्रह गराए । बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत संग्रहमा पञ्चायत पक्षधरहरुले नै जित हासिल गरेका थिए । त्यसपछि पनि देशमा बहुदलीय ब्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह शुरु गर्याे । अन्तत यो कदम २०४६ मा जनआन्दोलनमा परिणत भयो ।
२०४६ सालको जनआन्दोलन्को रमाइलो पक्ष त के थियो भने हिजो सुधारिएको पञ्चायतको जित पोल्टोमा पारि पञ्चायतको बाक्लो तर खाने हरु नै २०४६ को जनआन्दोलनवाट परिवर्तन पक्का आउँछ भन्ने विश्वासले आन्दोलनको अग्रपङ्कितमा आफुलाई परिवर्तनकारि पक्षधरमा समेत स्थापित गर्न सफल भई बहुदलिय तर समेत पड्काएका थिए । यो परिवर्तन पनि खासै लामो गरि नेपालमा टिक्न सकेन करिव ६ वर्ष पश्चात तत्कालिन सरकार र संसदिय दलहरु तथा तत्कालिन माओबादी विद्रोहिहरुका बिचको संघर्ष थियो । सशस्त्र रुपको यो युद्ध १९९६ देखि २००६ सम्म सव्त् चलिरह्यो । नेकपा माओबादीद्धारा १ फल्गुण २०५२ वि.स. (१३ फरवरी १९९६) देखि थालिएको यो युद्ध नेपालको राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको स्थापनाको लागि लक्षित थियो र यो २१ नोभेम्बर २००६ का दिन तत्कालीन सरकार र माओबादी विद्रोहीका विच भएको बृहत शान्ति सम्झौतामा टुंगिएको थियो । यस युद्धमा हजारौ शसस्त्र विद्रोही माओवादी,नेपाल प्रहरी,नेपाली सेना तथा सर्वसाधारण नेपाली जनता मारिएका थिए । युद्धमा राज्य तथा विद्रोही दुवै पक्षवाट युद्धमा संलग्न रहेका तथा संलग्न नरहेका सर्वसाधारणलाई समेत सताउने,यातना दिने,बेपत्ता पार्ने,तथा मार्ने समेतका घटना भएका थिए , युद्धकालमा दुवै पक्षवाट जनता सताउनेमा उस्तै गतिविधि हुने गरेका थिए ।
पृथ्वी नारायण शाहले नेपाल एकीकरण थाल्दा सारा संसारमा वेलायती प्रभुत्तव थियो । दक्षिण एशियाका सबै जसो राज्यहरुमाथि कब्जा जमाइसकेको यो एकछत्र विश्व शक्तिको प्रभूक्तव नेपाली भूमिमा पर्न नदिन राष्ट्र निर्माता पृथ्वीले अवलम्बन गरेको नीति विलक्षणको थियो ।
हामी साना र कमजोर छौ भनेर ठूला शक्तिका सामू नझुकेका मात्र होइन,पृथ्वी नारायण शाहले अंग्रेजको शक्तिशाली फौजलाई पराजीत गरे र त्यसपछिका चार दशक भन्दा वढी समय सम्म वेलायत नेपाल विरुद्ध आइलाग्न नसक्ने अवस्थामा पुग्यो । एकीकृत नेपाल राष्ट्र«का यी महापुरुषको त्यो नीतिबाट हामीले सिक्न सक्नु पर्छ,विदेश नीति सञ्चालनको सन्दर्भमा ।
सन् १९४८,बि.सं.२००५ मा नेपालले संयुक्त राष्ट्र« संघको सदस्यता प्राप्त गर्ने प्रयास गर्यो,तर सफल भएन । विश्व संस्थामा प्रवेश गरेर आफ्नो पहिचान कायम गर्ने नेपालको त्यो प्रयासमा भाँजो हाल्नेलाई पाखा लगाउँदै सन् १९५५,बि.सं.२०१२ मा राजा महेन्द्रले बिश्व संस्थाको सदस्यता प्राप्त गरे । सामान्य कूटनीतिक प्रयासवाट त्यो उपलब्धि संभव थिएन भन्ने यथार्थ विदेश नीति सञ्चालनको अध्येता जो कोहीलाई थाहा हुनुपर्छ ।
दोश्रो बिश्व युद्ध पछि अमेरिका र सोभियत संघको नेतृत्वमा विश्व दुई ध्रुवमा विभाजित थियो । अझ शीत युुद्ध कालमा नेपाल जस्ता साना राष्ट्र«लाई अत्यन्तै कठिन थियो,आफ्नो अलग पहिचान कायम राख्न । त्यस्तो कठिन तथा जटिल परिवेशलाई नेपाल राष्ट्र«को हितमा भरमग्दूर उपयोग गर्न नेपालले लरतरो क्षमताले सकेको होइन ।
सन् १९६२,बि.सं.२०१९ को चीन भारत युद्धका बेला युद्धरत् यी दुई शक्तिको बीचमा रहेको नेपालकालागि स्थिति कम असजिलो थिएन । दुई मध्ये कुनै एकको पक्षमा लागेको खण्डमा परिणाम कति दूर्दान्त हुनसक्थ्यो,सहज अनुमान गर्न सकिन्छ ।त्यस्तो संकटको घडीमा त्यसबेलाका शासकले निर्वाह गरेको भूमिकाले नेपाललाई दूरगामी फाइदा पुगेको यथार्थलाई कम आँक्न मिल्दैन ।
सन् १९५०,बि.सं.२००७ मा ”प्रजातन्त्र”को आगमनसँगै नेपाली भूमिमा भित्राइएको भारतीय सेनालाई फिर्ता पठाउन तात्कालीन राजा र प्रधानमन्त्रीको सफल कूटनीति बिर्सनै नहुने अर्काे अध्याय हो नेपालको परराष्ट्र« सम्बन्ध सञ्चालनमा ।
एकातिर दुई महाशक्तिबीच डरलाग्दो शीत युद्ध जारी रहेको,अर्कातिर नेपालको दुई शक्तिशाली छिमेकीबीच शत्रुता बढेको अवस्थामा नेपालले राष्ट्र« विकासको सन्दर्भमा दूरगामी महत्वको कामहरु गर्न सक्यो । महेन्द्र राजमार्ग र कोदारी राजमार्गको निर्माण कुन परिस्थिति तथा कठिनाइको जटिलतामा गरिएको थियो भन्ने ज्ञान धेरैलाई हुनुपर्छ ।
यी दुई राजमार्गको महत्व नेपालका लागि के छ भन्ने बुभm्न नेपालको नक्शाबाट महेन्द्र राजमार्ग र कोदारी राजमार्ग हटाएर यो राष्ट्र«को अवस्था कल्पना गर्ने हो भने पष्ट हुनेछ । नेपाल र नेपालीलाई अघि बढ्नै नदिने कूटिल चाललाई परास्त गरी नेपालको राष्ट्रि«य हितमा दूरगामी प्रभाव पार्ने काम त्यसबेलाका नेपाली शासकको कुशल तथा सक्षम कूटनीतिले मात्र संभव भएको हो । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क) सन् १९८६,बि.सं.२०४३ मा स्थापना भए देखि यो संस्थामा एउटा शक्तिको प्रभूत्व रहँदै आएको हो । तर क्षेत्रिय विकासमा अपेक्षिाक्रित प्रगति गर्न नसकेको सार्कमा पर्यवेक्षकका रुपमा चीनको प्रवेशले नयाँ ढोका खोलेको छ ।
अफगानिस्तानलाई सार्कको आठौँ सदस्यका रुपमा ग्रहण गर्ने विषयसँगै आएको चीनको सार्क प्रवेशको प्रकरणले जटिल तर कुशल कूटनीतिको माग गर्यो,त्यसबेला । राजाको नेतृत्वमा त्यसबेलाका परराष्ट्र« मंत्रीले देखाएको सुझबुझ तथा कूटनीतिक दक्षताको परिणाम स्वरुप चीन सार्कमा पर्यवेक्षकको रुपमा प्रवेश पाउन सफल भएको थियो ।
सार्कमा चीनको प्रवेशको कति दूरगामी महत्व थिएछ भन्ने कुरा अहिले आएर पनि हामि महशुस गर्न सक्छौ । तर हालका दिनहरुमा विमिस्टेक सम्मेलन भन्दै सार्क जस्तो गौरवान्तित संस्थालाई कोल्याप्स पार्न खोजि राखिएको छ । दक्षिण एशियाली बिवाद र तनाव समाधान गर्न चीन समेतको भूमिका हुनु पर्ने उसबेलाका अमेरिकी राष्ट्रपतिवाट भएको उद्घोषले धेरै कुरा प्रष्ट पारिसकेको छ । यता हाम्रा देश संचालन गर्ने नेतृत्वहरु कै आसेपासे,क्याडरहरुले आफ्ना नेता वा विशिश्टहरुलाई हालका दिनहरुमा यस्ता खाल्का दुरदर्शी सल्लाह,सुझाव कहिल्यै दिएनन्,उल्टै राज्यको ढिकुटी,विदेश भ्रमण,मनोरञ्जन तर्फमात्र अगाडि बडिरहे फलस्वरुप नेपाली जनता (केहि हुनुमन्ते वाहेक) निराश मनस्थितिमा गुजारा चलाई रहेका छन्,के अव पनि यस्तै क्रमहरुलाई मात्र निरन्तरता दिने की पराष्ट्रनिति,विधिको शाशन,राज्यको ढिकुटी ,गरिव नेपाली किसान आदि,आदि लाई समेत ध्यान दिदै शासन संचालन गर्ने भन्ने पश्नहरु यत्र तत्र नउठि रहेका हैनन् ।
नेपालले विदेश सम्बन्ध सञ्चालनमा बेला बखत वडो दूरदर्शी तथा प्रभावकारी भूमिका निर्वाह गरेको इतिहास हामी भूल्न सक्दैनौ । माथि उल्लेखित प्रसङ्ग केहि उदाहरण मात्र हुन् । हामी कमजोर छैनौ,हामीले चाहयौ र एक जुट भयौ भने गर्न सक्छौ । फलानाले फलानालाई प्रधानमन्त्री बनाइदिने स्तरको राजनीति गरेर कूटनीतिमा सफलता पाउन सकिन्न । खाँचो छ राष्ट्रप्रतिको समर्पण र इमान्दारीताको ।