नगर वडा क्लवको अध्यक्षमा गोपाल

  सरलपाटी संवाददाता

 451 पटक हेरिएको

इलाम ः इलाम नगरपालिका वडा नं.४ को वडा क्लवको अध्यक्षमा गोपाल निरौला सर्वसहमतिबाट चयन हुनुभएको छ । यस्तै क्लवको उपाध्यक्षमा प्रनिशा राई, सचिवमा कुमारी सोङ्मी (लिम्बू), सह–सचिवमा नितेश लोहार र कोषाध्यक्षमा सुक्मिता राई रहुनभएको छ ।
यसै गरी सदस्यहरूमा लक्ष्मी फुयाँल, शुभास राई, यादबहादुर कार्की, पुष्पलाल सुवार, शोभा नेपाल, रमेश सेन्चुरी, सागर अधिकारी निर्वाचित भएको नगर युवा परिषद्का अध्यक्ष सचिनजङ्ग रायमाझीले जानकारी दिनुभयो ।
इलाम नगरपालिका वडा नंंं ४ का अध्यक्ष नुतनदेव दुलालको प्रमुख आतिथ्य र नगर युवा परिषद्का अध्यक्ष सचिनजङ्ग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा नवगठिन क्लवले नगर युवा परिषद्सँग समन्वय गरेर उल्लेखिय काम गर्ने प्रतिबद्धता जनाइएको छ । वडाध्यक्ष दुलालले वडाको पहिलो नगर–वडा क्लव गठन भएकोमा खुसी व्यक्त गर्दै सबै भाषा,धर्म, लिङ्गको प्रतिनिधित्व भएको भएको भन्दै आगामी वर्षमा वडाबाट वजेट विनियोजन समेत गर्ने बताउनुभयो ।
यस्तै अध्यक्ष दुलालले क्लव र वडाका युवाहरूलाई सवल र सक्षम बनाउनका लागि राम्रो अवसर प्राप्त भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार