भूगोलमा सानो भए पनि विविधतामा नेपाल विशाल र सम्पन्न छ । झलक्क हेर्दा हिमाल, पहाड र तराईले युक्त छ । विश्वको सर्वोच्च शिखर, सबैभन्दा लामा हिमनदी, चुरे पहाड, निकै प्रजातिका वनस्पति, जीवजन्तु, तथा चराचुरुङ्गी नेपालमा मात्रै पाइन्छन् । पवित्र धार्मिक स्थलहरुको पनि कमी छैन । विविध जाताजाति, भाषा र संस्कृतिमा उस्तै धनी छ हाम्रो देश । त्यसैले संसारभरका मानिसको ध्यान नेपालमा पर्छ । उनीहरु पर्यटकका रुपमा नेपाल आउँछन् । त्यसैले हाम्रो समृद्धिमा पर्यटन क्षेत्रको योगदान गतिलो रहन सक्छ ।
तर कुनै पनि सम्भावना आपैm साकार हुँदैन । त्यसका लागि मानिसको प्रयास र पहल आवश्यक हुन्छ । पछिल्लो तत्याङ्क अनुसार एक बर्षमा नेपालमा करिब १० लाख पर्यटक आएको देखिन्छ । अबको दुई बर्षभित्र अर्थात् सन् २०२० को बर्षमा नेपालमा २० हजार पर्यटक भिœयाउने लक्ष नेपाल सरकारले राखेको छ । पर्यटनको प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्वको हुन्छ । यस बेला इलाममा आयोजना भइरहेको मेची क्षेत्र पर्यटन महोत्सवलाई यसै सन्दर्भमा हेरिनु पर्दछ ।
मेची क्षेत्रलाई सानो नेपाल भने हुन्छ । भूगोलका हिसाबले यहाँ हिमाल, पहाड र मधेशको राम्रो संगम छ । जैविक विविधता उस्तै । धेरै जाताजातिको बसोबासो रहेको यो क्षेत्र विविध संस्कृतिले युक्त छ । पाथिभरादेखि किरात धर्मावलम्वीहरुका धेरै तीर्थस्थल यसै क्षेत्रमा पर्दछन् । तर अपेक्षितरुपमा हामीले पर्यटकहरुलाई यतातर्पm तान्न सकेका छैनौं । यसो हुनाको मुख्य कारण सरकार र निजी क्षेत्र दुबैको सार्थक पहल र प्रयासमा कमी नै हो । यस क्षेत्रमा पर्यटकीय पूर्वाधारहरु दयनीय अवस्थामा छन् । निजी क्षेत्रले पनि प्याकेजहरु बनाएर बजारीकरण गर्न यथेष्ट पहल गर्न सकेको छैन ।
पर्यटनको प्रवद्र्धनका लागि यस क्षेत्रमा स–साना मेला महोत्सवहरु आयोजित हुँदै आएका छन् तर स्थानीयस्तरमा मात्रै । समग्र मेची क्षेत्रलाई समेटेर त्यस्तो कार्यक्रम हुन सकेको छैन । त्यस अर्थमा इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको मेची क्षेत्र पर्यटन महोत्सव गर्ने जमर्कोलाई एउटा राम्रो थालनीका रुपमा लिनु पर्दछ । यसमा समग्र क्षेत्रको प्रतिनिधित्व के कस्तो होला त्यो हेर्न बाँकी नै छ ।
पर्यटन मानिसको रुचीसँग सम्बन्धित बिषय हो । मानिसका रुचीको कुनै सीमा छैन । त्यसैले कुनै एउटा विशेषता बोकेको एउटा सानो ठाउँले गरेका सानातिना प्रयास र पहलले पर्यटनको अपेक्षित विकास र प्रवद्र्धन गर्न सकिँदैन । केचनादेखि कञ्चन्जंघासम्मका बासिन्दाले मिलेर यस क्षेत्रको पर्यटनको विकासमा लाग्ने हो भने त्यसले अपेक्षित उपलब्धि हासिल गर्ने सम्भावना प्रशस्त छ ।
इलाममा आयोजना हुन गइरहेको मेची क्षेत्र पर्यटन महोत्सव यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको एउटा निर्णायक पहल हो । यसले यस क्षेत्रका पर्यटन व्यवसायीहरुलाई समेटेर एउटा संस्थागत संरचना निर्माण गर्ने लक्ष लिएको देखिन्छ । त्यसका लागि पहिलो पटक मेची क्षेत्रस्तरीय पर्यटन व्यवसायीको अन्तरक्रिया यहाँ हुनेवाला छ । यथेष्ट छलफल गरेर आगामी दिनमा मार्गनिर्देशक हुनेगरी पर्यटन घोषण पत्र जारी गर्ने तयारी गरिरहेको बुझिन्छ ।
त्यस्तै यो महोत्सवका आयोजकहरुले एउटा नौलो परिकल्पना गरेका छन्– यस क्षेत्रका चारै जिल्लाले बर्षेनी आलोपालो गरी आप्mनो जिल्लामा मेची क्षेत्रस्तरीय पर्यटन महोत्सव गर्ने । त्यसका लागि एउटा प्रतीक चिन्ह बनाई यो महोत्सवको समापनका दिन त्यो प्रतीक चिन्ह अर्को इच्छुक जिल्लालाई हस्तान्तरण गरिने छ जसले अर्को बर्ष आप्mनो जिल्लामा यस्तै महोत्सव आयोजित गर्ने छ ।
इलाममा आयोजित यो महोत्सव करिब डेढ महिनाको तयारीमा हुन गइरहेको छ । यसको आयोजना भर्खरैजसो बनेको स्थानीय व्यवसायीहरुको एउटा सानो संगठनले गर्न गइरहेको छ । यसअघि पनि इलाममा साना साना मेला महोत्सव नभएका होइनन् तर ती खासै उपलब्धिमूलक हुन सकेका थिएनन् । २०६० सालमा भएको महोत्सव जिल्लास्तरीय थियो । त्यसको आयोजक स्वयं जिल्ला विकास समिति थियो र त्यसलाई इलाम नगरपालिका तथा तत्कालिन गाउँ विकास समितिहरुको ठूलो सहयोग थियो । त्यो महोत्सवमा इलाम सदरमुकाम र पूर्वी भेगको जनस्तरको सहभागिता गजबको थियो । हिंसात्मक द्वन्द्वका कारण इलामको पश्चिमी क्षेत्रलाई त्यस महोत्सवमा सहभागी गराउन सकिएको थिएन, त्यसमा त्यस क्षेत्रका मानिसको गुनासो समेत थियो ।
स्थानीय सरकार स्वयं त्यसको आयोजक रहेकाले स्रोतको उस्तो अभाव थिएन । उस बेलै जिल्ला विकास समितिले सात आठ लाख रुपियाँ खर्च गरेको थियो जस्तो लाग्छ, नगरपालिकाको बेग्लै । त्यस महोत्सवको मुख्य उपलब्धि भनेको त्यसले इलामे जनतामा जागरण गरेको पर्यटनप्रतिको चेत हो । त्यसपछि अन्तु, कन्याम, माईपोखरीले पनि स्थानीयस्तरमा पर्यटन उत्सव महोत्सवहरु आयोजना गर्दै रहे । अन्तुले त आठ नौवटासम्म गरेजस्तो लाग्छ । त्यसको प्रतिफल नै भन्नु पर्छ आज अन्तु र कन्याममा आगुन्तुकको समालिनसक्नुको भिड लाग्नथालेको छ । अब तिनका सामु आतिथ्यता पूर्वाधार विकासको चुनौति छ ।
झापाको बाहुण्डाँगीमा हात्ति महोत्सव, पाँचथरमा चौंरी महोत्सव, ताप्लेजुङमा तिम्बुङपोखरी महोत्सव लगायतका कार्यक्रम भएका समाचारहरु आएका छन् । मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिको गठनपश्चात यस क्षेत्रमा पूर्वाधार विकासका केही उल्लेख्य काम नभएका होइनन् तर ती पर्याप्त भने छैनन् । अब आएर स्थानीय सरकारहरुले गर्ने लगानीमा पनि समन्वयको आवश्यक्ता छ । स–साना ठाउँमा एक्ला एक्लै केही छिटपूmट काम गरेर पर्यटन उद्योगको विकास हुँदैन ।
मेची क्षेत्र पर्यटन महोत्सवको अर्को महत्वपूर्ण पक्ष के भने यसले सरकारी सहयोगभन्दा पनि निजी क्षेत्रलाई परिचालन गरेर महोत्सवका लागि स्रोत जुटाएको देखिन्छ । यस पूर्व जिविस, नगरपालिका आदि निकायसँग आर्थिक सहयोग मागेर यस्ता उत्सव गर्ने गरिएको थियो । यस कार्यले निजी क्षेत्रमा समेत संगठीत भएर काम गर्ने संस्कृतिको थालनी हुने छ । महोत्सव हुँदा स्थानीय व्यापार व्यवसाय फस्टाउँछ । त्यसकारण स्थानीय व्यापार व्यवसायीले समेत गच्छे अनुसार यस्ता आयोजनामा लगानी गर्नु पर्दछ । महोत्सवमा गरिएको खर्च खर्च नभएर लगानी हो । त्यसबाट आम्दानीमा अभिबृद्धि हुन्छ ।
महोत्सव आयोजक संस्था इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले यस क्षेत्रको पर्यटकीय गन्तव्य तथा उपजहरुको प्रचार प्रसार भारतको पश्चिम बंगालतिर बढाइरहेको देखिन्छ । बंगालीहरु घुमघाममा रुची राख्दछन् । दार्जिलिङतिरको आकर्षणले उनीहरुलाई पहाडतिर रुची बढ्दै गएको पाइन्छ । नेपालको पर्यटनका जानकारहरु भन्दछन् सरदर तेस्रो मुलुकका भन्दा भारतका पर्यटकले नेपालमा बढी खर्च गर्दछन् । त्यसकारण भारतीय पर्यटक आकर्षण गर्न यहाँ भएका प्रयास समय सापेक्ष देखिन्छन् ।
इलाम सदरमुकाम अर्थात् इलाम बजारका सन्दर्भमा पर्यटनको अझ धेरै महत्व छ । किनभने पहिले पहिले आपूर्ति केन्द्र, अञ्चल÷जिल्ला सदरमुकामका रुपमा रहँदा यहाँको व्यापार व्यवसाय जसरी फस्टाएको थियो अब त्यो अवस्था रहेन । त्यसकारण इलाम बजारलाई चलायमान राख्न÷बनाउन सकिने मुख्य तीन क्षेत्र छन्– शिक्षा, स्वास्थ्य र पर्यटन ।
इलामको स्वास्थ्य क्षेत्रको हालत राम्रो छैन । जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकहरु देख्न पाइएको छैन, निकट भविश्यमा देख्न पाइएला भन्नेजस्तो वातावरण पनि छैन । सदरमुकाममा रहेको डिग्री कलेजको अवस्था उस्तै धराप छ । त्यहाँ थपिएको हर्टिकल्चर संकायले केही बिद्यार्थी आकर्षित गरिरहेको छ अन्यथा इलामको शिक्षा क्षेत्रमा पनि अपेक्षित विकास हुन सकेको छैन । माध्यमिक शिक्षा सक्दा नसक्दा बिद्यार्थी अन्यत्र गइसक्दछन् ।
अझ यस बेला त शिक्षा कुन सरकारले हेर्ने भनेजस्तो विवाद र द्वन्द्व शुरु भएको छ । अधिकांश सामुदायिक शिक्षण संस्थाको हालत ठीक छैन । संस्थागत शिक्षण संस्थाहरुले कथित क्रान्तिकारीहरुको तारो बन्नु परेको छ । दुईथरी शिक्षा भनेर मौका पाउँदा जो कसैले भाषण ठोक्न चुक्दैन । त्यसैले निजी क्षेत्र शिक्षामा लगानी गर्न पनि उति इच्छुक देखिँदैन ।
त्यसैले इलाम बजारलाई जोगाउने, समग्र जिल्लामा समृद्धि भिœयाउन सहयोगी हुने क्षेत्र पर्यटन हो । पर्यटनबाट हुने लाभांश समाजका विभिन्न निकायबाट तल्लो तहसम्म पुग्दछ । होटल राम्ररी चले दुध, तरकारी जस्ता किसानका उत्पादनले भाउ पाउँछन् । रोजगारीको सिर्जना हुन्छ । त्यसकारण यसपालिको पर्यटन महोत्सवमा इलाम बजार जुरुक्कै उठेर लाग्नु पर्दछ ।