इलाम जिल्ला स्तरीय रेटिङ तथा जिल्ला छनौट प्रतियोगिताको उपाधि सुरेन्द्रकुमार राईले चुमेका छन् । प्रतियोगितामा सुरेन्द्रले अर्का प्रतिस्पर्धी तीर्थमान राई ‘हेड टु हेड’ र ‘प्रोग्रेसिप’का आधारमा जीत निकाल्दै उपाधि चुमेका हुन् ।
सुरेन्द्रले ६÷२५.५ ल्याउदा दोस्रो बनेका तीर्थमानको समेत ६÷२५ ल्याएका थिए । यस्तै भिम योङहाङले ५÷२५.५, डा. सुवास अधिकारीले ५÷२२,सरोजसेन्दाङ लिम्बूले ५÷२९(म.र.ब क्याम्पस, उत्कृष्ट क्याम्पस छात्रा मौसमी राई ३÷११( म.र.ब. क्याम्पस, उत्कृष्ट स्कुल शुभ निरौला ४र१३(हेरिटेज नेशनल एकेडेमी, उत्कृष्ट स्कुल छात्रा दिया तामाङ ३र१२ जुविलेन्ट इलाइट एकेडेमी र १८ बर्ष उमेर समुहको उत्कृष्ट योगेश राई ३.५र१३.५ वि.वि. मेमोरियल भएका छन् ।
इलाम जिल्ला बुद्धिचाल र जिल्ला खेलकुद विकास समिती इलामको आयोजनामा भएको प्रतियोगितामा ३२ जनाको सहभागिता रहेको थिए । विजयहरुलाई छ्नौट गरी नगर, ट्रफि तथा प्रमाणपत्र र दोसल्ला सहित पुरस्कृत तथा सम्मान गरिएको थियो । त्यसैगरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा इलामवाट प्रदेशमा इलामको तर्फबाट सहभागी हुनको लागि सुरेन्द्र कुमार राई र भिम योङहाङ छनौट भएका छ्न ।
जुविलेन्ट इलाइट एकेडेमीमा मंसिर २८ र २९ गते भएको प्रतियोगितामा इलामका अन्तर्रा्ष्ट्रिय रेटेड खेलाडी ७ जना, विद्यार्थी १३ जना र अन्य १३ जना खेलाडीको सहभागी रहेको छ । प्रतियोगितामा बुद्धिचाल संघका अध्यक्ष याम प्रसाद लिम्बुको अध्यक्षता, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बरालको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समिती अध्यक्ष बृहस्पति उपरकुटिको विशेष आतिथ्य रहेको थियो भने राष्ट्रिय आर्वीटर हर्कराज राइले आरवीटर गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा खेलकुद विकास समिति सदस्य गणेश प्रसाद खतिवडा, कृकेट संघ अध्यक्ष मनबहादुर राई, फुटबल संघ अध्यक्ष महेश श्रेष्ठ र उसु संघ अध्यक्ष भीम पौडेल, जुविलेन्ट इलाइट एकेडेमी प्रिन्सिपल भुषण सुब्बा लगायतको उपस्थित रहेको थियो ।