दु:खद खबर कोरियामा फेरि एकजना नेपालीको निधन

  शंकर विस्वासी

 3778 पटक हेरिएको

दक्षिण कोरियाको राजधानी सौलबाट करिब ११० किलोमिटर टाढा याङ्जु शहर नजिक एकजना नेपालीको निधन भएको छ ।
करिब ३ वर्ष पहिले इपिएस प्रणाली मार्फत रोजगारीका लागि कोरिया आएका काभ्रेका ३३ वर्षीय एक नेपालीको कम्पनीको कोठामा सुतेकै अवस्थामा निधन भएको एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले जानकारी गराएकी छिन् ।
मृतक २ वर्ष पहिले थाइराइडको बिरामी रहेको र लामो समयको उपचार पछि ठिक भएका थिए । मृतकको एकजना दाजु कोरियामा नै कार्यरत छ्न भने घरमा श्रीमती र २ सन्तान छन । घटनाको बारेमा परिवारलाई सामान्य जानकारी गराई सकिएको अध्यक्ष गुरुङले जानकारी दिएकी छिन । केहि दिन अघि मात्र छोरा र श्रीमान सँगै अमेरिका हिडेकी बिराटनगरकी पोख्रेल थरकी एक महिलाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षालयमा र नेपालबाट छोरी भेट्न र घुम्न आएका चितवनका तामाङ थरका एकजना नेपालीको हृदयघातका कारण निधन भएको थियो ।
कोरियामा औद्योगिक दुर्घटना र सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या बढिरहेकोले अत्यन्तै चिन्ताको विषय बनेको छ । विषेशगरी यो जाडोको समयमा झ्याल ढोका सबै बन्द गरेर सुत्ने, मानसिक तनाव लिने र अल्कोहल युक्त पेय पदार्थ सेवन गरेर सुत्ने बानिका कारण पनि यस्तो समस्या हुन सक्ने भएकोले यस्ता कुरामा विषेश ध्यान दिनु पर्ने देखिन्छ । पारिवारिक संवेदनशीलता लाई ध्यानमा राखेर मृतक सबैको नाम हाल लाई उल्लेख गराइएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार