२७ जनाले लिए एक सय बीस परिकार बनाउने तालिम

  सरलपाटी संवाददाता

 666 पटक हेरिएको

इलाम सदरमुकाममा एक महिने कुक तालिम बिहीबार सम्पन्न भएको छ । महिना अघिदेखि सञ्चालन भएको उक्त तालिममा २७ जना सहभागीले एक सय बीस परिकारका खाद्य सामग्री बनाउन सिकेका छन् । उक्त तालिम इलाम नगरपालिकाको सहयोग र पिरामिड टेक्निकल इन्च्यिुच्युटको आयोजनामा भएको थियो ।पिरामिडका व्यवस्थापक नेत्र पोख्रेलको अध्यक्षतामा र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा सहभागितालाई प्रमाण–पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा नगर प्रमुख महेश बस्नेत र घरेलु तथा साना उद्योग विकास समिति इलामका नायव सुब्बा खड्ग बस्नेतले बोलेका थिए । उनीहरूले तालिम लिएका सहभागिताले आउँदा दिनमा सीपलाई व्यवहारमा बदल्न सक्नु पर्नेमा जोड दिए । स्वबलम्बन र स्वदेशमै रोजगारीमा पाउनका लागि यस्ता तालिम उपयुक्त हुने समेत जानकारी दिए । उक्त तालिमको सहजीकरण पिरामिडका सहकर्ताहरू काशीराज भट्टराई र रमा पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार